~दिपेन्द्र घिमिरे ‘तरङ्गी’~
तारहरू उदाउन चुके जस्तो लाग्यो
जून छोडी कसैसँग झुके जस्तो लाग्यो
जुन एक्लै एकान्तमा रूदै बसेको छ
पीरै पीरले हिजो आज सुके जस्तो लाग्यो
चम्किला त चम्किलै हुन् हैन कस्ले भन्छ
रिसाएर हो कि कतै लुके जस्तो लाग्यो
आफ्नो पीडा लुकाएर जून हाँसेको छ
तारा आए हुन्थ्यो भन्दै ढुके जस्तो लाग्यो
उसलाई पनि सँगै बस्ने रहर जागेको छ
नचाहिने कुरा कानमा फुके जस्तो लाग्यो
ढुड्डा बीच तरूलको आफ्नै व्यथा हुन्छ
सबै मिलि डिजीलाई थुके जस्तो लाग्यो
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक २७ – २०६७ जेष्ठ १२, बुधबार )