गजल : केटी पढेका हुन्छन्

~मनोज सुनुवार~

आजकलका केटी पढेका हुन्छन्
पढेका केटी सडेका हुन्छन्

देखीन्छन साना नजरमा तर
उमेरमा भने बढेका हुन्छन्

गुन्यू चोली हरायो कठै
आधुनिक पहिरन जडेका हुन्छन्

देखीन्छ सबैको घरघरमा अचेल
सासु र बुहारी लडेका हुन्छन्

जिन्दगी आफ्नो सम्हाल्नु साथी
लोग्नेको शिरमा चढेका हुन्छन् ॥

(स्रोत : Damkdotcom)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.