~श्रीराम श्रेष्ठ~
बैशाख बाह्र
दिउँसै कोलाहल
ठूलो प्रलय ।
त्रिशूली नदी
गर्भैबाट निस्कियो
बज्र प्रहार ।
दह्रो भूकम्प
भित्रैसम्म छिरेछ
नसा चुँढाल्दै ।
खुट्टा पसार्दा
खुम्चेको भूइँचालो
माया अँगाल्दै ।
पत्तै भएन
पत्रै पत्र भूकम्प
पहाड तल ।
उब्बेको छेउ
भूकम्प छरिएछ
चिम्लेको आँखा ।
भूकम्प लुक्यो
खोतल्दै टुक्रा टाक्री
जमेको पानी ।
सल्किन खोज्दा
भूकम्प डराएछ
भाँचेको मन ।
कालो खरानी
भूकम्पले छरेछ
दिउँसै रात ।
माछो उक्लेछ
भूइँचालो ओर्लिंदा
त्रिशूली नदी ।
अग्लो दर्बार
नुवाकोटको आस्था
भूकम्प हास्यो ।
घन्टा बजेछ
नुवाकोटे भैरबी
भूकम्प छेक्दै ।
कालभैरब
नुवाकोटे भूकम्प
हल्लिदो स्वर ।
महामण्डल
तर्सेको भुइँचालो
पछाडी आँखा ।
हाँस्दै झुक्यायाे
भुकम्पकाे मुहान
भित्रै घुसायो ।
कठोर माया
सहनै नसकिने
घाम झैं पोल्दा ।
बाहिर भित्र
रैथानेले छप्कायो
भुकम्पे मुन्द्रे ।
काल खौरिदै
मुडुले भुँइचालो
चिन्नै सकिन ।
आफैँ चििप्लंदा
कालो कपडा बेर्दै
भुकम्प टेक्दै ।
काल पसेछ
तर्साउदै भुकम्प
उकालो सर्प ।
धमिलो स्वर
चर्केको भुइँचालो
कामेको खुट्टा ।
बाटो नै छेक्याे
सिङ्गो घर ढालेर
अग्ले भुकम्प ।
धेरै ढल्कियाे
भुकम्पले खाेतल्दा
बज्रेको लात ।
पापी भुकम्प
थिलथिले पारेछ
टेक्नै नसक्ने ।
बट्टार, नुवाकोट ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )