गजल : बित्छ मेरो दशैँ तिहार

~नविन आचार्य ‘लेटांगे’~Nabin Acharya 'Letange'

टेलीफोनमै टिका थापी,बित्छ मेरो दशैँ तिहार
सम्झना ले मुटु चापी , बित्छ मेरो दशैँ तिहार

उनको यादले हृदयमा,सुनामी छाल चलाउँदा
सिरानी मा व्यथा खापी,बित्छ मेरो दशैँ तिहार

समय सँगै चल्नु पर्ने , बिरानो यो परदेश मा
मरभुमीको घाम तापी,बित्छ मेरो दशैँ तिहार

-लेटांग ४ मोरंग
हाल रावागं मलेशिया

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.