कथा : आमा

~सान्ता कार्की~shanta-karki

एउटा सानो गाउँमा जन्मिएकी चन्चल स्वाभाव र स्वच्छ मन अनि दयालु भावना थियो मेरो यसै गरि…. दिनदिन म बढ्दै गए म १६ वर्षको पुगेपछी आफन्ता बाट मेरो बिहेको कुरा आउन थाल्यो यसै क्रममा राम्रो घर परिवार बाट कुरा आएछ । मेरो बुवाले पनि कुरा पक्का गर्नु भएछ । त्यति बेलाको समय यस्तो थियो हामीलाई सोध्नु भन्दा पनि हाम्रो अभिभावकले गरेको निर्णयमा हामीले चल्नुपर्थो ।

यसै गरि हाम्रो बिहे नेपाली परम्परा अनुसार भयो उहाँको नाम जतन थियो अब मेरो दिनहरु यसरि सुरु हुन् थाल्यो की नयाँ घर नयाँ मान्छे संग घुल्मिल बडाउन थाले दिनहरु राम्रो संग नै बित्तै गयो म १८ वर्षको भए पछी हाम्रो छोरा जन्मियो बाबुको नाम उजल राखियो। म धेरै खुसि थिए आफुलाई संसारकै भाग्यमानि सम्झन्थे तर मैले सोचेको जस्तो कहाँ भयोर बिस्तारै हामीमा नराम्रो हुन् थाल्यो दिन बित्तै गयो म फेरी गर्भबती भए त्यति बेला मेरो बुवाले भन्नु हुन्थो यो पटक तिम्रो छोरी जन्मिन्छ । मैले सोधे किन र बुवा ? बुवाले जवाफ दिनु भयो छोरी नहुने मान्छे त अभागी हुन्छन नानी भनेर तर बुवाले भनेको जस्तो भएन मेरो फेरी छोरानै जन्मियो अनि छोराको नाम प्रजल राखियो ।

म मेरो छोराहरु संग एकदम रमाउथे खेल्थे यसै गरि मेरा दिनहरु बिती रहेका थिए एक दिनको कुराहो बेलुकी पख म छोराहरु संग खेली राखेको थिए मेरो श्रीमान घर आउनु भयो मैले मुसुक्क हाँसेर केहि बोल्न खोजेको मात्र थिए उहाँ रिसाएर एकै चोटी त बाट म पारपाचुके चाहन्छु भन्नु भयो…. म धेरै रोए तर मेरो आसुँले मलाई केहि सयोग गरेन फेरी मनलाई बाधेर मैले भने यदि तपाई लाई खुसि मिल्छ भने म तयार छु । यसै गरि कानुन अनुसार हाम्रो पारपाचुके पनि भयो । म मेरो दुईवटा छोराहरु लिएर बस्न थाले तर उहाँको परिवारले बच्चालाई हुर्काउन देखि पढाई लेखाई मा सम्म ठुलोसहयोग गर्नु भयो अहिले त मेरो छोराहरु ठुला भईसके । दुबै छोराहरुको बिवाह पनि गरिसके जेठो छोरो उजल त बिवाह गरेको केहि समय पछी बुहारी सहित लिएर अमेरिका गयो उनिहरुको राम्रोछ ।

एक नाती र एक नातिनी छन् तर देखेको छुईन २० वर्षभयो उनिहरु गएका एकचोटी पनि आएका छैनन । हप्तामा एक चोटी फोनमा कुरा हुन्छ नाती नातिनी ले पनि छोराबुहारीले सिकाए अनुसार कनिकुथी हजुर आमा सम्म भन्छन । के गर्नु छोराबुहारी नेपाली भए पनि उनिहरु बाट जन्मने सन्तान बिदेशी भूमिमा जन्मिए बिदेशी नै बोल्छन । म कान्छा छोराबुहारी संग बस्छु एकदम खुशी छु । एउटा नातिछ उसैसंग मेरो दिनहरु सजिलै बित्छ तर हिजो आज मलाई के हुन् लागेकोछ कोनी थाहा छैन । एक दिनको कुराहो बुहारीले मलाई आमा मैले पल्लो घर बाट यो समान ल्याको थिए मलाई चाहिएन आज पुराई दिनुस है भनिन मैले यादै गरेनछु..बेलुका बुहारी अफिस बाट आइन र आमा यो समान किन नपुराई दिनु भएको भनेर सोधिन ।

मैले बिर्सिएछु भने बुहारीले मलाई तपाई बुडी हुनु भयो भनिन म चुपलागेर सुनेर बसे.. यसै क्रममा फेरी अर्को दिनको कुराहो बुहारीले लुगा धोएर सुकाएर अफिस गईछन हुन् त मेरो पनि लुगा धोएकी रहीछिन फेरी बेलुका हतार गर्दै आमा आज किन एतीबेला सम्म कपडा नउठाउनु भाको भनिन र हातमा कपडा लिएर भित्र पसिन मैले भने मलाई थाहा नै भएन । उनले भनिन मैले दिउसो फोन पनि गरेको थिए उठाउनु भएन..मैले भने खै सुनिन अनि फेरी उनले भनिन तपाई बुडी हुनु भयो के थाहा हुन्छ त..फेरी अर्को दिन बिहान ओछयान बाट जुरुक उठ्न खोजेको सबै घर नै घुमाए जस्तो भयो खुट्टा भुइँमा टेकीएन फेरी ओछयान मा पल्टिए अनि नातिलाई देखेर बोलाए बाबु यता आउत ऊ पनि आयो मैले सोधे आज भईचालो आको हो ? उस्ले जवाफ दियो खै मलाई त थाहा भएन तपाईको कोठामा मात्र आयो होला ।

एक छिन पछी छोरा बोलेको सुने प्रजल एकछिन यता आउत भने ऊ पनि आयो मैले भने… भुईचालो आकोजस्तो भयो सबै घर नै घुमायो\छोराले भन्यो आमा तपाई कमजोडी हुनु भए जस्तोछ डाक्टर को गएर जचाउनुस । बुहारी पल्लो कोठा बाट कराउदै भनिन आमा अब तपाई बुडी हुनु भाको हो यस्तै हुन्छ बुढेस कालमा….। फेरी तेसै दिनदिउसो जेठो छोरा उजलको फोन आयो उसले भन्यो आमा कस्तोछ तपाई लाई ? मैले भने राम्रोछ बाबु तिमीहरु लाई कस्तो छनी ? मेरो कुराको उतर नै नदिई उसले भन्यो आमा आफ्नो राम्रो खयाल राख्नुस है मेरोलागी भए पनि तपाईले बाच्नु पर्छ । तपाई मेरो जीवनको महत्व हो आमा\अनि जेठी बुहारी ले फोन लिएर बोलिन आमा हाम्रो चाड तीज पनि आयो मैले पाँच हजार पठाई दिएको छु राम्रो संग तीज मनाउनुस है भनिन मैले हस भने । उसलाई के थाहा २० वर्ष अगाडि उसले छोडेको नेपालको भाउ र आजको भाउ अनि यस्तै कुरा भयो र फोन राखियो…. ।

म एक छिन अलमल परेर सोचे आफ्नो बितेको दिनहरु तर मलाई मेरो कान्छी बुहारीले बुडी भनेर रिस उठेको छैन किनकि उनले मलाई धेरै मायागर्छिन । नत जेठी बुहारीले नै पाँचहजार ले तीज राम्रो मनाउनुस भनेर पनि रिस उठेको होइन उनलाई के थाहा नेपालको भाउ बिक्रीकति बढेको छ भनेर…। तर मलाई एउटा कुरा भने सोध्न मन लागेकोछ हजुर हरु संग म के सम्झिउ \\\\ मलाई जेठा छोराले हप्तामा एक चोटी फोन गरेर आमा तपाई मेरो लागि भएपनि बाच्नुपर्छ भनेको के मलाई माया गरेको सम्झिनु की ??? कान्छा छोराले दिनै आमा भनेर तर बेस्थताको कारण म कमजोरी हुदा पनि हस्पिटल लान नसकेको लाई माया नगरेको सम्झिनु ??? की मलाई मेरो स्वर्गीय बुवाले छोरी नहुने मान्छे अभागी हुन्छन नानी भनेकोमा म आफुलाई अभागी सम्झिनु की के सम्झिउ ??? अनि अर्को कुरा म आफै लाई बुडी भए जस्तो लाग्न लाई के के लक्क्षण हरुहुनु पर्छ ता की म आफै भन्न सकुकी म बुडीभए भनेर…….. अस्तु ।

सान्ता कार्की
इज़रायल

(स्रोत : नारीदर्पण)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.