~रुमन न्यौपाने ‘अमन्त’~
मेरो रित्तो रङ्गमन्चमा
तिमी अर्को नयाँ पात्र ।
घरि यता
घरी उता,
असमन्जसमा टोलाएको
म,
तिम्रो सौन्र्दयको रसास्वादन गर्न,
आतुर देखिएको छु ।
मेरो कौतुहलता
तिम्रो असिम सौन्र्दयतामा ।
तिम्रो आगमनले,
तिम्रो प्रबेशले,
मधुमासमा रङ्ग थपेको छ ।
तब,
उज्वलतम रङ्गमन्चमा
म,
भमरा नर्तक भएको छु ।
म तम्सीएको छु ।
म तानिएको छु ।
पबित्र तिम्रो प्रेमान्नदमा ।
तिम्रो भाबभङ्गीमा ।
तिम्रो यौबनमा,
नितम्बका पाटाहरुमा ।
तिम्रो हेराईले,
म भित्र प्रदित्त किरणहरु
अनि,
रौनकको रेखाहरु दगुरेको छ ।
मधुरो प्रकाशमा
रङ्गमन्च रङ्गीन छ ।
लालित्यपुर्ण आवाजमा,
लट्ठीएको स्वरहरुमा,
नाटकको मधुमय बहारमा ।
बिभोर हुँदा नहुँदै
अन्नत,
तिम्रो बहिर्गमनले
रङ्गमन्च रित्तीयो ।
म अदबसंग
अनि,
मुकर्दशक बनेर
तिम्रो मस्काईमा
नाजवाफ कल्पनाशिल भँए ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)