~अशेष मल्ल~
(एक)
दु;ख बाँड्न मिल्दैन
सुख पनि बाँड्न मिल्दैन
दु;ख सुखमा अन्तर छ-
यस्लाई यौटै बनाउन मिल्दैन !
(दुई)
हाम्रो कथा अरुले बुझ्दैनन्
हाम्रो व्यथा अरुले भोग्दैनन्
हामीले आफ्नै बाटो हिंड्नु पर्छ-
हाम्रो हिंडाइमा अरुले सघाउँदैनन् !
(स्रोत : मुक्तक मञ्च डट कम)