~नवराज योन्जन~
एक्लै यात्रा कठिन,कसैको साथ् भए हुन्थियो |
यो मधुर हावासंगै,उसैसंग बात भए हुन्थियो ||
पिरतीको बाटोमा,गर्नु थियो धेरै लामो यात्रा
सधैँ साहारा दिने, कसैको हात भए हुन्थियो ||
मिलेर बनाउनु थियो,अज्ञात तिर डुब्दै ज्ञात
हामी संगसंगै त्यो,जुनेली रात भए हुन्थिय ||
स्पर्शमा एक अर्का संगै , छर्नु थियो सुगन्ध
रमाउनु छ यहाँ ,उन्मत्त मात भए हुन्थियो||
बिल्कुल तिमी पानी, म माछाझैँ रमाउनु छ
केहि पर्दैन फरक ,कसैमा घात भए हुन्थियो ! |||
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )