~बासुदेव बुढाथोकी ‘सागर’~
मनमा बसिराख तिमी ,तनमा बसिराख ,
सधैंसधैं मेरो यो जीवनमा बसिराख ।
धोका ,छल र विश्वासघातका कुरा हुन्नन् पिरतीमा ,
कालो मनका काला इच्छा पूरा हुन्नन् पिरतीमा ।
पिरतीको पवित्र बन्धनमा बसिराख ,
सधैंसधैं मेरो यो जीवनमा बसिराख ।
फूल हो यो जिन्दगानी र त झर्नुपर्छ ,
दुईदिने चोला हो यो र त मर्नुपर्छ ।
तिम्रै निम्ति साँचेको कणकणमा बसिराख ,
सधैंसधैँ मेरो यो जीवनमा बसिराख ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)