~लीलाकान्त नायक~
अनुवाद : सुदिप पाख्रिन
नखाइ नै एउटा थाल रहन जान्छ….
आमा चाहन्छिन्
आज छोरीले खाओस् पेट भरी
र
छोरी चाहन्छे कि
आमाले खावोस आज पेट भरी
गरीबको घर देखेको हुँ मैले
हो, देखेको हुँ !
बन्द गरेर आँखाहरु रात भर
झूठो-मूठो को नै सही सुत्दछन्
भोको दुबै…
न छोरी उठ्दछे
न आमा उठ्न सक्दछिन्…
एउटा पर्खाइमा
नखाइ नै एउटा थाल
रहन जान्छ यसै
कहिलेकहीँ ।
[भारतिय कवि लीलाकान्त नायक कवितामा समसामयिक बिषयहरुलाई सशक्त रूपमा उठाउन सक्छन् । उनको यस कवितामा उनले आमा- छोरीबिचको अन्तर्सम्बन्धलाई राम्रो संग बुनेका छन् ।]