आर. पि. आचार्यका चार मुक्तकहरु

~आर.पि.आचार्य~ Ram Prasad Acharya

#
पत्तै भएन आजभाेली , नशामा रम्न थालेछु रे
दुनियाँभरी तिम्लाई देखि, त्यतै घुम्न थालेछु रे
देख्नेजति सबैले पागल भन्दा भन्दै पनि
अशम्भव शम्भव साेची ,शिखर चुम्न थालेछु रे

#
सुनेकाे छु आजभाेलि चर्चा, चल्दै छ रे
उस्काे र तिम्राे प्रेमकाे दियाे, जल्दै छ रे
निब्न नदिएर हिजाे मैले तेल थप्दाथप्दै
खै आज मैसगँकाे तिम्राे नाता, बल्दै छ रे

#
सँगै मर्छु सँगै बाच्छु , भनी कसम खाएर
दाेबाटाेमा मलाई छाडि ,अन्त माया लाएर
छाेडि जानू थियाे भने मलाई साथ दियाैकिन
हाेला झुटाे सपना बुनाई, ससार देखाउने पाएर

#
जुनेलि त्याे रातसँगै , निदाएछु बेलैमा
बिहानिकाे घामसँगै, उठाएछु बेलैमा
दुनियालाई तिमी नै ठानेर आज
सारा जगतलाई , भुलाएछु बेलैमा

आर.पि.आचार्य
कपिलवस्तु, नेपाल
हाल:दक्षिण काेरिया

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.