~कल्पना आचार्य ओली~
साँच्चै गरिबको पसिना अनि पाखुरा बेचिन्छ ।
बेच्दा बेच्दै कसैको त जीन्दगी नै पुरा बेचिन्छ ।
तिमी नै गुमाउनु परेपछि मलाई केको माया ?
अब मङ्गलसुत्र ,तिल्लहरी अनि चुरा बेचिन्छ ।
भट्टीमा भीड हुनुको रहस्य बुझ्दैनौ तिमी ।
त्यहा युवतीको जोवान मिसाएर सुरा बेचिन्छ ।
आमा ज्यानको बाजी थाप्छिन् सन्तानको लागी ।
र त हरदिन यहाँ अनाथ अनि टुहुरा बेचिन्छ ।
हररात सपनीमा म देश बोकेर हिडिरहेकी हुन्छु ।
कहिलेसम्म मेरो निदलाई सपना अधुरा बेचिन्छ ।
पक्कै उसलाई नेताले आरक्षण दिएको हुनुपर्छ ।
र त निडर भन्यो पैसा कमाउन नारी र भुरा बेचीन्छ ।
कल्पना आचार्य ओली
दमक झापा