गजल : खास बनी आयौ तिमी !

~सजना गुरुङ~Sajana Gurung

साथीहरु बीच पनि खास बनी आयौ तिमी !
निराशाले छाको बेला आश बनी आयौ तिमी !

वेवारिसे भाको थियो जिन्दगानी आफ्नै माझ
जन्मोजन्म साथ दिने वास बनी आयौ तिमी !

चोटैचोट्ले लास जस्तै भइ सक्या देह भित्र
संवेदना भर्दै म मा सास बनी आयौ तिमी !

आँशु भित्रै हाँसो खोज्ने उत्साह त्यो जगाउदै
बाँच्छु भन्ने चाहनाको रास बनी आयौ तिमी !

कुश्मा , पर्वत
हाल इजरयल

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.