~शेर्पीनी कान्छी ‘निम’~
हाँस्न सिकायौ तीमीले बाच्न सिकायौ
बिस्तारै आँखामा आँसु साच्न सिकायौ।।
हाँस्दै हसाउदै मुटु भित्र बास माग्यौ
त्यस पछी पो अमुल्य ति रात माग्यौ
बाँच्न सिकायौ जोबन ढाक्न सिकायौ
बिस्तारै आँखामा आँसु साच्न सिकायौ।।
छाल बनि किन आयौ नदीसंगै बग्ने भए
दिल किन दिन्थेँ हुलाँ बगर बनाई राख्ने भए
खुकुरीको धारमा बैस राख्न सिकायौ
बिस्तारै आँखामा आँसु साँच्न सिकायौ ।।
-दोलखा, चरिकोट, नेपाल
(स्रोत : Bagaicha.com)