~मदन मुस्कान~
तिमिले कहिल्यै सम्झिनौ
मलाई
अहँ केही गुनासो छैन
मैले फुल दिदा तिमिले काडाँ दियौं
तैपनि
अहँ तिमि सङ्ग
केही गुनासो छैन
मैले बारम्बार कल अनि एस.यम.एस गर्दा
तिमिले कहिलै रिप्लाई गरिनौ
त्यसमा पनि कसम
मेरो केही गुनासो छैन
मैले तिम्रो नजरमा नजर जुधाउदा
तिमिले कहिलै फर्केर हेरिनौँ
त्यसमा पनि मेरो,
कसम केही गुनासो छैन ।
छ केवल गुनासो त साथी
स्वयम आफ्नै मन अनि मुटुसङ्ग छ,
तिमिले फुल कुल्चेर हिड्दाखेरी
पिडा बोध नगर्नी यो अजानी मुटु
अनि
तिमिले बचनका बाणहरु
प्रहार गर्दा समेत
तिम्रै पिछा गर्न नछोड्ने
यो मुर्ख मन सङ्ग
धेरै गुनासो छ।
र आज आफ्नै मन मुटु सङ्ग
युद्ध गरिरहेछु
जितेर जानू छ कतै
आफ्नै मन मुटुलाई
किनकि
तिमि सङ्ग सदाकालागी
टाढा हुन
मलाई आफ्नै
मन मुटु देखि
टाढा हुनुपर्नेछ ।
मदन मुस्कान
दाङ नेपाल
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )