कविता : तिम्रो स्वागतार्थ

~जय सिंह महरा~Jay Singh Mahara

पुर्णीमाले चहकिलो उज्यालो छरिरहेछ
औंसीका ताराहरु चम्किरहे छन्
एक थान बशन्तले तिमी आउने बाटोभरी
पालुवा फिजाएको छ,
गाउदै छन् कोइलीले स्वागत गीत
सेताम्मे हिमालहरुले ल्याएका छन् हिउफूल,

तिमी आउने बाटोभरी फिजाएको छु आखाहरु
छरेको छु सपनाहरु
तिमै पाइला पाइलाको कोमलताको लागि,
साचेको छु एक थान आशु, मुस्कानका डिलमा
आउछौ कि भनि…

जुनतारा नझर्दै, हृदयको खामबाट
नडुब्दै सूर्य, मनकै गमलामा
नढल्दै पुर्णीमाको रात, आशाको बलेसीमा
नझर्दै औंसीका तारा, बिहानीको झिसमिसेमा
नओइलाउदै बशन्तका पालुला, जेठको टन्टलापुर धुपमा
नबिलाउदै कोइलीका स्वर, त्यै घनघोर कालो जंगलमा
नपग्ली झर्दै हिउफूल, आफ्नै नियतीमा…

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.