~झलक आचार्य~
राष्ट्रिय झण्डाको रंग
सप्तरंगी ईन्द्र्णी को रंग
अलिकति अक्षर चिनेको
जो कोहिले भन्नसक्छ
सगरमाथा र भारिया
दाइको
टोपीको रंग
उस्तै उस्तै छ
हलो जोतिरहेको किसानको निधार
बाट चुहिएको
पसिनाको रंग निलो हुन्छ
लाहुरे
छोराको यादमा रोहिरहेकी आमाको
आशुको रंग निलो हुन्छ
राष्ट्रिय रंग र रगतको रंग
फरक हुदैन
चन्द्र र सुर्यको रंग
स्कुल गैरहेका नानीहरुले
भन्न सक्छन
हाम्रो छालाको रंग
आखाको रंग
हासोको रंग
खुशीको रंग
पसिनाको रंग
हामी सबैलाई थाहा छ
कसैले सोध्न सक्छ
गरीबिको रंग कस्तो हून्छ?
जहाँ
शित लहर निर्धक्क शासन गर्छ
भोकमरी दारा देखाउछ र चितोर्छ
खडेरी धरीला नंग्रा फैलाउछ
अनिकाल परेड खेल्छ
निर्दोष छातीमाथि
महामारी आखा फुकालेर हेर्छ
र तर्साउछ
आभाब आतंक फैलाऊ छ जहितहि
यहिनेर
एउटा खिरीलो रेखा कोरॆएको हुन्छ
त्यहि रेखा मुन्तिर
गरीबी हुन्छ
गरिबीको रंगको कालो हुन्छ
अध्यारो हुन्छ
सबै भन्दा टाढा बाट देख्न सकिन्छ
सबै भन्दा कमजोर आखाहरुले हेर्न सकिन्छ
त्यहि धरातलमा
म उभिएको छु
जहाँ
प्रत्येक दिन
एउटा कालो सुर्य उदाउने गर्छ
एउटा कालो सुर्य अस्ताउने गर्छ /