~राकेश कार्की~
यो वैज्ञानिक युगले के के बनायो
के के तैरायो, गुडायो अनि उडायो
हामी नेपालीलाई कता कता पुर्यायो
जता जता पुगे पनि दशैँ सम्झायो
पाइला पाखुरा देश छोडी किन गयो
विदेशै हानिनु पर्ने के वाध्यता भयो
पासपोर्ट भिसाले कता कता पुर्यायो
जता जता पुगे पनि दशैँ सम्झायो
ति दिन गए अब टिका थापी हिँडने
धाइ धाइ भेटी बडाको आशिक थाप्ने
बाबुआमा सासुससुराको खुसी हरायो
जता जता पुगे पनि दशैँ सम्झायो
हाइ हेल्लो च्याट गरी चित्त बुझायो
परीवार विनाको चाड सम्झी मन रूझायो
स्वास्नी छोराछोरीबाट पर पर पुर्यायो
जता जता पुगे पनि दशैँ सम्झायो
इन्जिनियर राकेश कार्की
लस एन्जेलस
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )