~कोइँचबु काःतिच ‘उत्तम’~
देखावटी बाहिरी असिम प्रेमनगरीको गृहृय युद्धबाट
अङ्कुरित लहलहाउँदो भव्य सभ्य वाक युद्धले
झँगिएको अनिश्चितकालीन हराभरा शीत युद्धमा
एक जोडी वीर वीराङ्गनाले शहादत प्राप्त गरेपछि
एउटा सुन्दर सपना अनायसै उत्तेजित बनेर स्खलित भएको छ ।
पक्का मलाई विश्वास छ कि
त्रि्रो सुगठित बलिष्ठ शरीरसँग
त्रि्रो सबै प्रेमिकाको उत्तिकै आशक्ति छ भन्न सक्दिन ।
यो पनि थाहा छ कि
त्रि्रो बाहु बलले सधैं साथ दिन सक्ने छैन
एक दिन अवश्य अंगभंग हुने छ, जर्ीण्ा हुनेछ
हो, म त्यतिबेला त्रि्रो चर्तिकलाको एक्लो साँक्षी हुने छु ।
गर, जे जति गर्न सक्छौ
भन, जे जति भन्न सक्छौ
लेख, जे जति लेख्न सक्छौ
बङ्गाउ, जति बङ्गाउन सक्छौ
भ्रमको खेती गर, जति गर्न सक्छौ
सक्छौ ब्रहृम-विष्णु-शिव, जिसशको सेपमा राखा मलाई
सक्दैनौ बहुपहिचान, मिश्रति पहिचानको ओझेलमा पार मलाई
तर बुझ,
इतिहास तिमीले कहिल्यै मेट्न सक्ने छैनौ
इतिहास, इतिहास नै हो यो ध्रुव सत्य हो
हो, म त्यही इतिहासको साँक्षी बनेर बाँचेको छु
पक्क हो स्खलित सपनाहरु मृत्यु हुन्
चरु होम पोली सकेको वेवरिसे यज्ञ जस्तो
हिलो एक दिने फुलेर फुर्ति लगाउने कमल जस्तो ।
अब,
म जिउँदा सपनाहरुको खोजीमा छु
म त्यही जिउँदा सपनाहरुको उरुङभित्र
सत्य र न्यायको सुरुङभित्र बाँचीरहने छु
रक्त वीज बनेर मेरो चिनारीको युद्धमा उत्रिने छु
ओ यो सृष्टिको एक्लो व्याख्यता !
सक्छौ आऊ मेरो इतिहास नुनचुक दलेर मेटाऊ
स्वीकार, ए ब्रहृमज्ञानी सिद्ध स्वामी !
निक-बाकु, ठेङको फुरु लिँख पानी, आराकु सागुन शाँबु र्छर्केर
मृत्यशैय्याबाट व्यूँझेको मेरो जिउँदो सपनाहरु जन्माउने चुनौती ।
—————-
–काःत, चुप्लु (ओखलढुङ्गा)
(स्रोत : http://www.sunuwar.org/ )