कविता : खडेरी

~भुपिन~Bhupin Byakul

यो खेत हो
कि कुनै गरीब आदमीको
पट्पटी फुटिगएको कुर्कुच्चा ?’
कि हो कुनै चित्र ?
खेतको थोत्रो कपडामा
खडेरीले ध्यान से बनाएको ?

मेरे दोस्त !
ए तो नदी हो नदी
जहाँको पानी हिउँदभरी
पडोसीको खेतमा निमेक गर्न जान्छ
र बर्सात
भएपछि पगला सा बिदामा फर्कन्छ ।

तिमी त्यस्तो ठाउँमा उभिएछौ
जहाँ नदी पनि
दासहरूझैं बन्धकी पर्छ ।

आऊ अब नजिकै देहात छिरौं
त्यता पनि काकाकुल फाँट
यो नदीझैं वारिस पर्खेर बसिरहेछ ।

दाना नलागेको गहुँको खेतमा
आग लाग्लाझैं भएकोछ ।

मौसमसँग हारेका मकैका पोथ्राहरू
बाजु लत्राएर घुँटना टेक्दै उभिइरहेछन् ।

मिट्टीमुनी कोई रस नभेटेर
कुपोषणग्रस्त छ
गन्नाको झाडी ।

देहातका किसानहरू
सधैझैं बहुत चिन्तित छन्
इसबार पनि

देख्नू उनीहरूको आँखमा
भुखमरीको साया कसरी बेसरम
नाचिरहेछ ?
दोस्त !

चरचरी फाटेको यो खेतमा
उनीहरूले सिर्फ देख्छन् आफ्नै चेहरा
र खराब तक्दिर ।

पता छ उनीहरूलाई
यसको जिम्मेवार छन् मुखिया
उनैले गरिदिएछन् पडोसीसँग
आधा पानी र बिजुलीको झुठा कागज ।

इसकारन हरेक हिउँदमा
नदी तरेर पारी गै जान्छ हरियाली ।

बहुत तकलिफको
बात छ मेरे दोस्त

जब भारी बर्सात हुन्छ
थुनिदिन्छ पडोसीले बाँधको दरबाजा
र बाढ पसेर हाम्रो खलिहान बगाँउँछ ।
मेरे दोस्त !

यो यस्तै गाव हो
जहाँ प्रत्येक हिउँदमा
खडेरीले किसानहरूको तक्दिर फुटाउँछ
र बर्सातमा बाढले उनीहरूको बास
उठाउँछ ।

लेकिन सुनेकोछु-
‘मेरो देहातमा बहुत बढियाँ छ’
साला मुखियाले
पापी पडोसीलाई
अभितक यस्तै तार पठाउँछ ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.