~सन्त गाहा मगर~
उनी किसानका कवि थिए । कृषिप्रधान नेपालमा भोकभोकै रहेर अहोरात्र परिश्रम गरिरहने किसानमा समर्पित उनका कविता र गीतले तिनलाई क्रान्तिका लागि उक्साउँथे । वामपन्थी साहित्यकार तथा नेता मोदनाथ प्रश्रित उनलाई ‘व्यक्तिगत सम्पत्ति र जागिरको मोह नभएका सर्जक’का रूपमा सम्झ्न्छन् । झ्र्रा शब्दले शासकहरूलाई टर्रो प्रहार गर्ने उनले ‘बाहुनले पनि हलो जोत्न हुन्छ’ भन्ने सन्देश दिन आफैँले गोरु जोतेर २००६ मै ‘पापी’, ‘नास्तिक’ जस्ता आरोप पचाएका थिए । यसबारे उनले लेखेका थिएःहलो जोत्न हुन्छ भन्दै गोरु मैले नारेँ,
लामीडाँडा केवलपुरमा दिउँसै रात पारेँ ।
८५ वर्षअघि विद्यादेवी र हरिप्रसाद पौडेलबाट धादिङको केवलपुरमा जन्मिएका देवीप्रसाद पौडेल २०१६ सालपछि ‘केवलपुरे किसान’का रूपमा नेपाली लोक साहित्यमा छाएका हुन् । उनको पहिलो रचना २००५ सालमा लक्ष्मीप्रसाद देवकोटाद्वारा सम्पादित युगवाणी मा छापिएको थियो । त्यसपछि बाघ आयो (२००९), नेपाल नछो ! (२०१०), समातेर पछार (२०१२), छिःछिः (२०१५), सङ्घर्षको ठीक गर (२०१६), शङ्कैशङ्का (२०५४), बोकी खस्यो (२०५४) लगायतका गीत र कविता सङ्ग्रह प्रकाशित भए । आफ्नो चिनारी आफ्नै शब्दमा (सवाई), २०१६ पछिका रचनाहरू र केवलपुरको आन्द्रा भुँडी (अडियो) का साथै जीवनसँगिनी सावित्रीलाई गुमाएपछि आँसुको पोखरी (२०५८) शोककाव्य पनि प्रकाशित छन् ।
१५ वर्षमा काठमाडौं छिरेका केवलपुरे ठिटो देवीप्रसाद तीनधारा संस्कृत पाठशालामा पढ्दा भावी नेपाली राजनीतिलाई दिशानिर्देश गर्ने ‘जयतु संस्कृतम्’ को एक अभियन्ता पनि बने । संस्कृत पाठशालामा नागरिक शास्त्र, विज्ञान, अङ्ग्रेजी जस्ता विषय थप्ने मागबाट शुरु भएको यो विद्यार्थी आन्दोलन अन्ततः राणाविरोधी राजनीतिक आन्दोलनमा परिणत भयो, अरू धेरै विद्यार्थीसँगै उनी पनि पाठशालाबाट निकालिए र बनारस पुगेर पुष्पलाल श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा, युद्धप्रसाद मिश्र आदिको मण्डलीमा समावेश भए । एक छोरा र दुई छोरीका बाबु केवलपुरे किसानलाई नेपाली समाजले किसानका कविसँगै सांस्कृतिक नेताका रूपमा सम्झ्रिहनेछ ।
(२९ चैत १९८३–२२ असोज २०६८)
(स्रोत : हिमाल खबर)