~गणेश पुर्बछाने मगर~
सजिएर जान्छौ भने जाउ तिमि
हाँसी खुसि अर्कै हात समाई
बसी दिउला म नै तिम्रो निम्ति
सधैं भरि तिम्रै यादमा आँसु खसाई
सुन मेरी प्रिय जतिबेला म मर्ने छु
उतिबेला तिमि बेहुली झै भइ दिनु
सुन मेरी प्रिय जतिबेला म सेतो कात्रो भित्रि हुनेछु
उतिबेला तिमि तिम्रो खालि सिउदो रंगाउनु
जति बेला मेरो लाश हरियो बासमा बोकी लादा
उतिबेला तिमि हाँसी-हाँसी रंगी चंगी डोलीमा चढ़दिनु
जतिबेला मेरो लाश लाइ चितामा राखी आगो सल्काई जलाउदा
उतिबेला तिमि तिम्रो नयाँ नौलो संसार बसाल्नु
सुन मेरी प्रिय बस्नु सधै नया नौलो संसार मा खुसि साथ रमाई
छैन मेरो अरु केहि सोक यहि नै छ मेरो चाहाना
म मरेर के भो त ?? सधै भरि जुनिजुनिलाई
तिम्रो निम्ति यहि नै छ मेरो लाखौ लाख शुभकामना
(स्रोत : कविता कुसुम)