~कृष्ण पौड्याल~
मुस्कान राख कसैलाई बाँट्नु पर्दैन।
उसैलाई स्विकार धेरै छाँट्नु पर्दैन॥
बेहोशी छु तर समस्या बुझ्छु अरुको।
गल्ती लुकाउन आफ्नै थुक चाट्नु पर्दैन॥
रमाएर बस्नु तिम्रै खुसिमा बाँच्ने छु।
मैले सफल हुनु अर्को आँट्नु पर्दैन॥
खोक्रो जिवन बिना नुन तरकारी बन्यो।
पराल बनाई सकेपछी झाँट्नु पर्दैन॥
कोमल मन यत्तिमै सिमित राख बिन्ती।
टुक्रिसक्यो धड्कन अब काट्नु पर्दैन॥
कृष्ण पौड्याल
बम्घा एक गुल्मी
(स्रोत : रचनाकारको ब्लगबाट सभार)
नेपाली साहित्य प्रेमीहरुको लागि अतेन्त राम्रो प्लेटफर्म