झ्याउरे गजल : मन फुलाउ जिन्दगी

~आचार्य प्रभा~acharya Prabha

नमान पीर हँसाउ मन फुलाउ जिन्दगी
हाँसोले हेर पीडाले हैन खुलाउ जिब्दगी ।

एउटै छैन सबैको कथा अनौठो संसार
खुशीले नाँच दु:खले हैन झुलाउ जिन्दगी ।

बाँचेर हेर हर्षले यहाँ जीवन सजाइ
हर्षले बाँच ब्यथाले हैन डुलाउ जिन्दगी ।

रित्याइ देउ मनको पीर खुलस्त बनेर
हाँसेरै नाँच डरले हैन भुलाउ जिन्दगी ।

(झ्याउरे लयमा ३ +२, ३ +२, ३ +३,मात्रा मा गजल लेखन अभ्यास सबैको तारतम्य मिलाउँदा कहिं न कहिं त चुकी हाल्छ त र पनि प्रयास जारी छ )

(अमेरिका)

(स्रोत : कविता कुसुम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.