~कृष्ण पहारी~
हिजो आज त
मन रित्तियर
खाली भयको छ
मन पानी पानी बनेर
पोखियको छ जतासुकै
त्यसैले
रित्तीन थालेको मन
अझै रित्तीइने हो कि भन्ने डर लागिरहेछ
त्यसैले रित्तीन थालेको मनको
एउटा कबिता लेख्दैछु ।
मन सँग मेरो
धेरै पट्क तकराब भयो
मन मुटाब पनि भयो
मैले सोधे मन
किन यसरी रित्तिदै जान्छ्स्
किन यसरी खाली हुन्छस्
मैले के बिगार गरे
किन मन खाली भयर रित्तिदै जान्छस् ।
मन ले मन सँग
जवाफ सवाल गर्न सक्दैन
किन कि मन
मन सँग अलि डर मान्छ
हिच्किचिन्छ्,आबेग मा आऊन सक्दैन
तर मैले थाहै नपाईकन
मन पोखिदै जान्छ
पोखियको मन को एउटा कबिता बनाउदै छु ।
पोखराथोक, पाल्पा, तानसेन ।