गजल : आओस दशैँ

~नविन आचार्य ‘लेटांगे’~Nabin Acharya 'Letange'

बाटो झोढेर , आओस दशैँ
माटो गोडेर , आओस दशैँ

सबैको घरमा,समान रुपले
आटो जोडेर , आओस दशैँ

जातीय द्वन्द , बिचको अब
फाटो तोडेर , आओस दशैँ

धनि र गरिब,दुई अन्तरको
पाटो फोडेर , आओस दशैँ

बिधुवा सिउँदो, रंगाई दिन
टाटो ओढेर , आओस दशैँ

बलात्कार हिंसा,डर त्रासको
सन्नाटो छोडेर,आओस दशैँ

-लेटांग ४ मोरंग
हाल रावागं मलेशिया

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.