~श्रृजना क्षेत्री~
तिमले साथ छोड़यौ भने मर्छु निश्चय छ!
साइनो अन्तै जोड़यौ भने मर्छु निश्चय छ!
जिवन्त सँगै जिउने भनी तिम्ले खाएको त्यो
बाचा कसम तोड़यौ भनी मर्छु निश्चय छ!
मन भरी सजाएका स्वणिम ती सपना हरु
सिसा सरी फोड़यौ भने मर्छु निश्चय छ!
हृदय भित्र टुसाएका प्रेम का ती मुनाहरु
फल्न नपाई गोड़यौ भने मर्छु निश्चय छ!
जिन्दगी को यात्रा यो तिमी सँग गर्छु भनी
त्यो मन अन्तै मोड़यौ भने मर्छु निश्चय छ!
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )