कविता : ‘जयपती’बाट कहिले सिक्ने ?

~उमेश राई~Umesh Rai

हुनेखानेहरु…
अक्सर ! महलवालाहरु…
अर्को आलिसान महलको सपनमा
अनिदो अनिदो बस्छन्
आर्जनको नयाँ धन्दामा
नैतिकता लिलाम भए पनि
स्वार्थपूर्तिको अभियानमा
मानवता चिलीम भए पनि
बेपर्वाह हुन्छन् ।
हो, अक्सर! महलवालाहरु
कर छलीको मामलामा अदालत धाउछ्न् ।
मेरो जिज्ञासा यतिनै हो..
जयपती चेपाङ बाट कहिले सिक्छ्न् ??

नेताहरु..
सत्ता र शक्तिको निम्ति
स्वाभिमान बेच्छन्
मौका परे नदीनाला र देश बेच्छन्
र बटुलेर भाडाका स्तुतिगायक
आफ्नो जयगान गाउँन लगाउँछन्
बिकृतीको बिउ यिनैले रोप्छ्न्
राष्ट्रिय झण्डाको सब भन्दा नजिक बसेर
सबै भन्दा राष्ट्रघात यिनैले गर्छन्
तिर्थमा दिल्ली
र उपचारमा बैंकक अमेरिका धाउँछ्न्
एउटा प्रश्न उठ्छ मनमा
लुट्न छोडेर देश र जनता
यिनले जयपती चेपाङ बाट कहिले सिक्छ्न् ??

जनताहरु…
सिङ बिनाको दुईखुट्टे भेडा जस्तो
मौसम अनुशारको दाममा बिक्ने
वर मझियाको बाजेको पेडा जस्तो
रक्सी र मासुमा भोट बेच्छौँ
राम्रालाई हराउँछौ
नराम्रालाई जिताउँछौ ।
अनि बर्षौ बर्ष नेतालाई सरापी बस्छौँ
कागती रोपेर सुन्तला खोज्छौँ
बैमानको मतियार त हामी पनि त हौँ !
जयपती चेपाङ बाट कहिले सिक्छौँ ?

(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.