कविता : लक्ष्यको तिमी र म

~रामचन्द्र कार्की~Ram  Chadra Karki

किरण खोज्दंै जाउ तिमी, मै डुलँुला अध्यारोमा,
हेर्नु तिमी शहर बजार, मै घुमुला पधेरोमा ।
मै जोतुला खेत बारी, घैया मकै गोड्दै,
तिमी खानु मःम चाउमिन, भट्ट–मकै छोड्दै ।

खरबारीको खरमा म, कटुस घारी घारी,
शहरको स्वाद लिनु, हल चारी चारी ।
चिसो पानी बिर्सएर, कोक फेन्टा बियरमा,
हामीलाई बिर्सएर, परी राख्नु नियरमा ।

पढेंर त हात्ती पनि, ठूलो भाको हैन,
किन पढ्नु पढेर त, केहि काम छैन ।
मै खाँउला चर्को घाम, साउनको झरी,
बज्छ मादल बजाउला, नझरुन्जेल खरी ।

मै ठोसँुला अगुल्टो नि, नबल्दा आगो,
पौडी खेल्छु खोला छेउ, नुहाउनलाई छागो ।
बनका काफल ऐसेलु, अंगेरी नी मेरा साथी,
जन्म भुमी मेरै गाँउमा, फुकाउछु छात्ती ।

दशै तिहार आँउदाखेरी, रगटे र लिङ्गे पिङमा,
मार हान्नेछु खसी बोका समाउदै सिङमा ।
पुजापाठ हाट बजार, गाँउकै मेला धाँउला,
खोले सिस्नु ढिडो फाडो, घर भित्रकै खाँउला ।

रामचन्द्र कार्की
आँपपिपल-४ राईगाँउ गोरखा
हाल: रानीपौवा पोखरा-११, कास्की

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.