~श्रेष्ठ समनश्री~
सुस्तरी सुस्तरी म तिम्रो छेउमा, बस्न खोज्दैछु ।
अनर्थ नसोच मलाई, तिम्रो दिलमा पस्न खोज्दैछु ।।
सुस्तरी सुस्तरी,………….
यो के भयो मलाई, आज यो कस्तो हलचल हुँदैछ
पवनझैँ तिम्रा यादले, यी नजर मेरो हरपल छुदैछ
थाहा छैन किन तिमीलाई, यो मुटुमा कस्न खोज्दैछु
अनर्थ नसोच मलाई, म तिम्रो दिलमा पस्न खोज्दैछु
सुस्तरी सुस्तरी,……
आधा थिएँ म आधा सापट लिदैछु जीवन कसैको
चोरियो मन यो मेरो वा चोर्दैछु त्यो मन कसैको
उजुरी परोस् त्यो मनमा, जुनीभरलाई फँस्न खोज्दैछु
अनर्थ नसोच मलाई, म तिम्रो दिलमा पस्न खोज्दैछु
सुस्तरी सुस्तरी,…………
(स्रोत : रचनाकारको ब्लगबाट सभार)