~श्रीरामसिंह बस्नेत~
जित्नुपर्ने युद्ध त अर्कै थियो
यो कस्तो जित आइ लागेछ
मान्छेका रुझेका गहहरू
पुछ्नुपर्ने हातहरूमा
रगत कट्कटिएर काइ लागेछ ।
जित्नुपर्ने त मान्छेको मन थियो
बाटो बिराएर धन पो जितिएछ
जिन्दगीभर गाँसबासकै जोहोमा
पिल्सिएका निमुखाहरूलाई नै
कुन दर्शनको भूत चढेर हो दुश्मन किटिएछ ।
जित्नुपर्ने मोर्चा त अर्कै थियो
यो कुन दलदलमा आएर फँसिएछ
बाटोकै विवाद गर्दागर्दै
गन्तव्य नै हराएका यात्रुहरू झै
अनिश्चयको अँध्यारो जङ्गलमा पो पसिएछ ।
(स्रोत : हिमाल खबर))