~रुमन न्यौपाने ‘अमन्त’~
‘दाई, ट्याम कति भयो ?’ त्यो युबक ले सोध्यो ।
त्यो युबकको हातमा पानिको दुई वटा बोतल थियो । एउटामा कालो र मैलो पानि थियो र बोतल पनि उसको उमेर जत्तिकै पुरानो भैसकेको जस्तो देखिन्थ्यो । अनि अर्को चाँहि भर्खर किनेको जस्तो देखिन्थ्यो तर पानि भने थियन । बोतल रित्तो थियो । त्यो बोतल पनि उसलेर किनेको होईन । कसैले भर्खर पानि खाएर फालेको थियो । उसले टिपेको होला । उसको हुलिया देख्दा उ पानि किन्ने क्षमताको पनि देखिँदैन थियो ।
‘४ बज्न थाल्यो’- मैले संक्षिप्त बताईदिँए ।
युबक गयो । अलि पर पुगेको थियो । फर्केर फेरि म भएकै ठाँउमा आयो ।
सोध्यो – ‘दाई, खैनि छ ?’ ।
मैले फेरि जबाफ फर्काएँ ‘छैन’ ।
उ टक्क अडियो र मलाई हेरि रह्यो । मैले पनि त्यस युबकको धसिएको आँखामा हेरें । भोको थियो होला । ओठ सुकेकोले पाप्रा परेको थियो । त्यो केटा म भन्दा तिन चार हात पर
गएर थुचुक्क बस्यो । खुईय गर्यो र त्यहि कालो मैलो पान पियो । त्यो प्राङ्गडमा ढुङ्गा र ईट्टा छापिएको थियो । बिचको भाग अलिकति उठेको थियो । त्याहाँ चाँहि ईट्टा मात्रै छापिएको थियो । नगरपालिकाको घुम्ति शौचालयमा गयो र फेरि म सँग तिरै आएर बस्यो । अनि त्यहि बाट करायो ।
‘दाई, चुरोट छ ?’ ।
अब मलाई रिस उठ्यो । मैले जबाफ फर्काएँ । ‘भाइ म चुरोट खैनि खाने जस्तो देखिन्छु?’ । उ चुप लाग्यो अनि आफैं सँग गुनगुनाउन थाल्यो । मैले सुन्न नसक्ने खासखुस स्वरमा । मलाईनै भने जस्तो लाग्यो अनि मैले अलि झर्किएर सोधें ।
‘के भन्यौ रे?’ ।
‘शहरका सबै सनकि हुँदा रहेछन मान्छे हरु’ — उसले सुनिने गरि भन्यो । मलाई उसको कुरा चित्त बुझेन । शहरका मान्छे सनकि होईन बेफुर्सदले गर्दा सनकि सुनिएका हुन। मैले आत्मबचाव गरें । तर बेफुर्सदि भए म किन यसरि यहाँ बिनाकाम मान्छेको रमिता हेरेर बस्थेँ होला । मैले त्यसलाई हेर्दा मलाई नै हेर्दै थियो । मैले मनमनै भनें । भुत्रो सनकि भनेको ।
त्यो युबक अझै वर सर्यो । म तिरै । अनि भन्न थाल्यो । ‘बाउले मेरो आमालाई मार्यो, सिलौटा जस्तो ढुङ्गाले हानेर । त्यसै दिन बाउले गाँऊ छोड्यो र भारत तिर पस्यो, केहि बर्ष रन्डिबाजि गरेर गाँउ फर्कयो । फर्किएकै दिन प्रहरिले बाउलाई समात्यो । भक्कु कुट्दै लगे ।’ ऊसले फेरि त्यहि मैलो पानि ले ओठ भिजायो ।
मलाई अब बोल्न करै लाग्यो । मैले केहि सोध्नै पर्ने भयो । तर सोध्न भने केहि कुरा थियन । आखिर मैले सोधें । ‘कति बर्षको भयौ, बाउ कहाँ छ अहिले ?’ उसले एक फन्का टाउको वरिपरि घुमायो । अनि फेरि गोजि बाट दुई ओटा चकलेट निकाल्यो । फिस्स हाँस्यो र मलाई एउटा दिँदै भन्यो ।
‘आजै हो मेरो जन्म दिन।’
मैले चकलेट क्वाप्पै मुखमा हालें । हान्नै पर्ने थियो । अनि अघिकै प्रश्न फेरि गरें ।
‘अनि बाउ कहाँ छ त ?’
बाउ पनि मर्यो । हिजो बेलुका । यहिँ हुमान ढोकामा । एड्स लागेर मर्यो क्यारे ।’ केटा चुप लाग्यो । फेरि ओठ भिजायो । अनि फेरि भन्न थाल्यो । ‘लास दिन मानेन्, सालेहरुले’
‘किन ?’ मैले फ्याट्ट सोधें ।
‘प्रमाण पुगेनरे, म उसको छओरा हो भन्ने प्रमाण चाहियो रे । म्या … म सित नागरिकता पनि छैन । प्रमाण कहाँबाट लेराउने ।’ उ उदास भैदियो ।
‘अब के गर्छौ त ?’ अहिके अक्मकिएर सोधें ।
‘अब के गर्नु गाँउ फर्कन्छु। आजै । मेरो बाउलाई पोलुन तिनै म्या … हरुले ।’
ऊसको आमाचकारि गालिले मलाई नै सरम जस्तो गरायो । अब बोल्नु पर्ने केहि कुरा बाँकि रहेन । न उसको थियो न मेरो । उ उठ्यो । ति दुई ओटै बोतल त्यँहि छोडिदियो । अलि पर पुगेर फेरि फर्कियो । म तिरै आयो ।
सोध्यो — ‘दाई , ट्याम कति भयो ?’
‘६ बज्यो’ मैले अलिकति हाँस्न खोजेजस्तो गरि उत्तर दियँ ।
‘७ बजेको बस गाम जाँदै छ । सरले कुरा सुनिदिनु भयो धन्यबाद किनकि म त्यहि कुरा लिएर गाँउ जान सक्दिन ।’ ऊ गयो ।
ऊ सायद गाँउ पुगि सक्यो होला तर उसको जन्मदिनको चकलेटले मुख गुलियो भएपनि मन भने भोली , पर्सि, झन पर्सि सम्म तितो भईरह्यो ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)