कविता : बूढो प्रोफेसरको पुरानो चस्मा

~हिमाल घिमिरे~Himal Ghimire

बूढा प्रोेफेसर पुरानै कक्षा दोहोर्‍याउाछन्
विश्वविद्यालयमा अग्रवालको इकोनोमिक्स बोकेर
म अर्थशास्त्रको कक्षा पढ्दै छु यतिबेला
बृहत् अर्थशास्त्रमा अन्तर्राष्ट्रिय व्यापार
कहिल्यै बुझिनँ मैले

प्रोफेसर भन्छन्- नेपाल आयात धेरै
निर्यात कम गर्छ
त्यसैले, शोधनान्तर नकारात्मक छ

प्रोफेसर !
सायद तिम्रो चस्माको पावर कम छ
जहाजका जहाज मान्छेहरू निर्यात गर्छ
र, बदलामा केही बिटा नोटहरू
र, केही थान ‘बाकस’हरू आयात गर्छ
हाम्रो गौरवशाली नेपाल
प्रोफेसर के तिमीले देख्दैनौ ?

फेरि थप्छन् प्रोफेसर- नेपालले अन्तर्राष्ट्रिय व्यापारमा
सधैँ घाटा बेहोर्छ
किनकि कच्चा पदार्थ निर्यात गर्छ र उपभोग्य वस्तुको पैठारी

प्रोफेसर !
कसरी सग्ला मान्छेहरू कच्चा देख्यौ ?
नेपालले त तातो रगत र पसिना
निर्यात गरेको छ संसारभर
नेपाली रगत र पसिनाहरूले अहिले
पाइरहेछन् उच्च मूल्य
अस्ट्रेलियादेखि अमेरिकासम्म
युरोप, खाडी हुँदै अफ्रिकासम्म
नेपाल सधैँ उपभोग्य जिन्दगीहरू निर्यात गर्छ
गर्छ त पैठारी केही कच्चा डलर र पाउन्डहरू
दिराम र अफ्रिकन सिलिङ्गहरू

प्रोफेसर दोहोर्‍याउँछन्— हाम्रो व्यापार सााघुरो छ
छिमेकी राष्ट्रसाग मात्र सीमित

प्रोफेसर !
सानीहरूको नाच अफ्रिकासमा कत्रो ‘डिमान्ड’ छ
साइलाहरू खाडीमा चाहिएको छ
देशमा सरम मान्नेहरू त युरोप, अमेरिका र अस्ट्रेलियामा
अहो ! क्या दाममा श्रम बेच्छन्
भो धेरै कुरा के गर्नु !
मलाई त लाग्छ अब तिमी बूढा भएछौ
बरू एउटा पावरदार चस्मा चढाउ
र, हेर नेपालको अर्थतन्त्र
देख्नेछौ कङ्गारूझैँ उफ्रेको
जनताका छाती बजार्दै !

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.