~भुवन सुब्बा खरेल~
हिजो र अघिहरू धुवाँको मुस्लो सँगै
अस्पष्ट चित्र बन्दै निरव शून्यता तिर
वरिपरि अब अमूर्त छवि मनहरूमा मात्र
हुनु र थियो वीचको अपरिमित अन्तर
सियोको टुप्पोबाट फैलिँदै विराट सगरको व्यापकता
नाप्दैछ कता हो कता नदेखिने गन्तव्यतिर
अजश्र अश्रुका जँघारहरू व्यर्थ व्यर्थ
रुझ्नु र भिज्नु त अहिलेलाई पो हो त
हिजोलाई किन चाहियो अब नसमातिने बर्तमानहरू
न मुठी छ न मुठी भित्र केही छ
विश्वविजेता थियो, अहिले फगत इतिहास छ
घाम पानीका प्रहारहरू खै कता हो कुन्नी
तारोको निशाना चुके झैं स्तव्धता तिर
पानी छैन तिर्खा पनि छैन
सुनधुरी चढ्ने महत्वाकांक्षाले
युगको छाती कुल्चिने निर्दयी पाउहरू पनि
पाइला मात्र निशानी केही पलका लागि
त्यो पनि समयका बालुवाहरू थपिदै थपिदै
एक दिन कथा बन्छ बर्तमानका लागि
जीवन जिउने दृष्टान्तहरू कहिले सिकन्दर, कहिले बुद्ध
कहिले हिटलर, कहिले मण्डेला
खोई कहाँ जीवनका उर्जाहरू ?
कहिल्यै नथाक्ने प्रवचनका शव्दबिम्बहरू
अन्तःस्करणका आँखिझ्यालहरू खोलेर
ब्रह्माण्ड चिहाउने दिव्यदृष्टि
अन्धो आज कतै कुनै क्रिया प्रतिक्रिया विहिन
महाभारत रच्थ्यो, लड्थ्यो, हाथ्र्यो अनि जित्थ्यो
हार र जीतका कथाहरू आज
जीवनको निस्सारता भित्रको अर्को शून्यता
शताव्दी सँगै हरेक नयाँ शताव्दी धुँवा बन्दै
गिर्जाघर र मन्दिरका घण्ट
अविरल आशिर्वादका उद्घोषहरू
निलाम्बरी विराटतामै बिलाउँछ
प्रथम पुरुषवाची सर्वनाम निमेषभरलाई
चलमलाएर उद्दण्डतामा
नदेखिएको बैकुण्ठ चढ्ने भ¥याङबाट
फेरि पनि ढुन्मुनिन्छ तल कता हो कता
यो प्रयात हो ! सुन यो प्रयात हो !
समवेदनाका अक्षर अक्षरहरूमा
उनिएर हिजोको स्थूलता
स्फटिकका पारदर्शितामा भैmं
वारपार देखिने न भूतो न भविष्यति
केवल अज्ञात भूतका क्रियापदहरूमा बाँच्ने
अहम् ब्रह्मास्मि ! जहाँ पलायो त्यहीं विलायो
माटाका कणहरूमा, खोला र नदीहरूमा
हावाका मन्द झोक्काहरूमा
पूmल अनि पातहरूमा, अनन्त नभको विशालतामा
करोडौं अणु र परमाणुहरूमा विभाजित
अहम् ब्रह्मास्मिको सार्थकता
निस्सारता भित्रको सार कण कणमा व्यापकता
जो नभएर पनि छ
सत्कर्म र दुष्कर्मका फलहरू, कतै सम्मानित कतै श्रापित
हिजोले आर्जेका यश र अपयशका गाथाहरू
भोग्नु अनिवार्यता किनकि जो नभएर पनि छ
जाति, वर्ण, वंश अनि पुस्ताका हाँगाविँगा पातपतिङ्गरहरूमा
समयको अभिलेख भित्र जस्ताको तस्तै
न कोही मेट्न सक्छ न कोही सच्याउन सक्छ
गन्तव्य यही हो, प्रयात पछिको ।
े तिमीले दिएको सम्मान थियो
एउटा गुणको भारी थियो
बोक्न नसकिने अपमान भयो ।
२०७२।०५।२६ शनिवार
मेचीनगर – १०
(कथाकार खरेल झापाको काकरभिट्टास्थित काकरभिट्टा माविकी शिक्षिका हुन् ।)