~अतित मुखिया~
सम्झौता र सर्तहरु सबै सबै भङ्ग देखे
आफन्तकै ब्यवहारमा नौलो रुपरङ्ग देखे
आस्थाका लडाईमा साथ दिन्छु भन्थ्यो जस्ले
उही मित्र भनाउदोलाई शत्रुहरुको सङ्ग देखे
ब्यवधानका काँढाहरु हुदैनथ्यो जुन बाटोमा
त्यै बाटोमा ब्यवधानको गरालो अजङ् देखे
मेलमिलाप मौलाउने शान्त यो बस्ती भित्र
सबको मन लोभपाप रिसरागले भरङ्ग देखो
सदाचारको फूल फुल्ने पवित्र यो माटो पनि
दुराचारको संक्रमण भै भाई भाईमै जङ्ग देखे ।
(स्रोत : स्याञ्जा साहित्यagaicha)