कविता : अनागरिक आवाज

~शशि लिम्बू~

ढालेर बूढो रूख आफैंलाई
होमिदिएँ मैले दावानलमा
र, लगाएर निधारमा
आफ्नै आँसुको विभूति
गरेँ— श्रद्धापूर्वक प्रणाम
धरती उधारेर
उँभो निस्किरहेको
रातो सूर्यलाई… !
हर्दम गर्विलो उभिएको
म सगरमाथा
तपोभूमिमा ध्यानस्थ म पृथिवी !
कहाँकहाँबाट बगिआएको
यो अरुण, मेरो आफ्नै शरीरको रगत,
कताकता भौंतारिइहिँड्ने
यो वायुबतास, मेरो आफ्नै प्राण !
त्यो अनन्त आकाश, मेरो सपना
यो अटल पहाड, मेरो आस्था… !
अफशोच !
म भएँ शरणार्थी, आफ्नै देशभित्र
म भएँ जागित्रा, आफ्नै घरभित्र ।

(स्रोत : हिमाल खबर)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.