~नवराज योन्जन~
उसले रचना कोर्दाकोर्दै, शब्दहरु फोरेको थियो |
काहिँ भाव लुकेका थिए, ल्याएर जोडेको थियो ||
समय र परिस्थिति संगसंगै ,बगेका मषीहरुले
सम्पूर्ण जीवन जोड्दै, कुविचार तोडेको थियो ||
आफ्नै संस्कार र संस्कृति ,भाषा भुषा खोज्दै
सोंच भाव व्यवहार,संसोधनमा गोडेको थियो ||
बिहान बेलुका थिएन् चिन्ता,थियोत भोलिको
आउँने पुस्ताहरुको लागि,उसले कोरेको थियो ||
विद्वानहरुको सोंच अनन्त,फरालिको अथाह
समाज हिड्ने बाटो खन्दै,उसले छोडेको थियो ||
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )