~बद्रि चम्लागाई~
हेर आज नेपाललाई अरुले नै किन्न लागे
सिमानाका खम्बाहरु आज सबै छिन्न लागे
बाहिर -बाहिर माया गर्ने नेपालका सन्तान हरु
भित्र- भित्र देस बेची अन्त कतै हिड्न लागे
उजाड -उजाड भए पछी नेपालयो नेपाली ले
आफ्नो कोहो पराई कोहो बल्ल चिन्न लागे
असल भन्ने कोहि छैन सबै रैछन जाली यहाँ
स्वार्थ पुरा गरि आज सबै भिन्न- भिन्न लागे
(स्रोत : Damkdotcom)