~यमूना घिमिरे~
कता कता आजमलाई नरमाइलो लागेछ
समातेर राख्न खोज्छु तरङ्गनै आउछ
धर्तीवारी, धर्तीपारी अन्धकारले छायो
प्रकाश भन्ने प्रतिबिम्व बोलाउदै गयो
अतित लाई लिन खोज्छु बर्तमाननै आउछ
आँखा खोली हेर्ने खोज्छु अध्यारोले छाउछ
वसन्तको वहार खोज्छु वर्षदले ढाकेछ
आफ्नो भन्ने को छ अब बेसाहारा भएछु
वरिपरी हेर्दा हेर्दै, छैन साथ जताततै
धोका माथी धोका संम्झी रुनमन लाग्छ
एकान्तमा कतै
लिएको नासो बुझाईसके अबके बाँकी छ र
जहा जाउ बाटो बाटो उस्देश्य के दिनेर
मायाको पोको लिएर, जान्था थाहा नपाई खसेछ
कुन्दिनको जन्म लिएर आएँ इश्वरले के रचेछ
जसलाई दियो हृदय सबै मुटुनै अर्को छ ।
न माया लाग्छ ति बच्चाहरुको नमाया घरको
बस्नेछौं प्रिया नौलो पृथ्वी बनाई यिनै घरवारीलाई
बाटो त मेरो फुक्योनी अब जिन्दगी भरीलाई
April-13-2008
(स्रोत : ईलम्जुङ् डट काम)