कल्पना पौडेल “जिज्ञासु”का तीन देशभक्ती मुक्तकहरु

~कल्पना पौडेल “जिज्ञासु”~Kalpana Paudel Jigyasu

१
दिनहुँ पत्रिकामा अशुभ समाचार देखेर दिक्क लाग्छ
सत्तामा पुगेका देश लुट्ने गद्दार देखेर दिक्क लाग्छ
हजारौं जनताको आहुतिको खै? क्षमा याचना सम्बोधन
तिनै निष्ठुरी हत्याराको सरकार देखेर दिक्क लाग्छ

२
क्रान्तिको नारा घोक्दै मसाल बोक्ने हात जन्माउनुछ
अन्यायको प्रतिरोध गर्दै लड्ने साथ जन्माउनुछ
सजिलै त कहाँ आउँछ ? आमुल परिवर्तन देशमा
गरिबी मुक्तिको लागि कहालीलाग्दो रात जन्माउनुछ

३
गाउँ बेशी जुर्मुराउँदै उठौं देश प्रेमी सारा
सङ्घीय राज्यको बिरुद्धमा लगाउँदै नारा
अभिभारा बोकौ देशको नयाँ रच्न इतिहास
एकतानै हो हतियार चाहिँदैन खुकुरी आरा

गैडाकोट,- ४ , नवलपरासी
हाल:- इजरायल

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.