~रश्मिला कवाङ~
बर्सियो अबिरल झरी ,छाता लिएर जाऊ
तिम्रो मेरो मायाको खाता लिएर जाऊ
तिमी भन्छौ मतलब छैन यो दुनियाँको
त्यसैले दियका चोटको ताता लिएर जाऊ
चिथोरछन तिमीलाई तमासाको हरेक पलले;
सङ्यम्को भर पर्दो यो मज्बुत गाता लिएर जाऊ
मायाले मात्र चल्दैन यो दुनियाँ
सुखसयल दिने भर पर्दो दाता लिएर जाऊ
रस्मी लाई बुझ्न गाह्रो छ भन्छन
त्यसैले दरिलो सम्भन्धको नाता लिएर जाऊ
रश्मिला कवाङ “रश्मि”
मुलढोका-४, भक्तपुर
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )