~श्रृजना क्षेत्री~
सिँगो मेरो आत्मा जलाई तिमी कहाँ गयौ प्रिय?
छाती भित्र पिड़ा फलाई तिमी कहाँ गयौ प्रिय?
छटपटिदै छु अझै पनी पिड़ा खप्न नसकी
बेहोशि मै छुरा चलाई तिमी कहाँ गयौ प्रिय?
जिवन्त सँग सँगै जिउने हाम्रो मिठो सपना
आशुँ नै आशुँ ले गलाई तिमी कहाँ गयौ प्रिय!
तिमी बिना दुनिया मा मेरो अरु कोही थिएन
एक्लै पारी यहाँ मलाई तिमी कहाँ गयौ प्रिय?
अगम्य थिए खुसीहरु तिमी समिप थियौ जब
मेरा सबै खुशी टलाई तिमी कहाँ गयौ प्रिय !
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )