~क्रान्ती पराजुली~
“मैले लगातार १ हप्ता भयो तिमीलाई सपनामा देखेको, साँच्चै तिमी हर रात मेरो सपनामा आउछेउ । सपना म तिमीलाई अति नै माया गर्छु। उसले मेरा दुबै हात च्याप्प समातेको छ । कसिलो समाईले साँच्चै कसिलो सम्बन्ध म सामू प्रमाणित गर्न खोज्दै छ प्रोफेसर राहुलजंग कार्की ।”
म चुपचाप आँखासम्म झिमिक्क नपारी उसका कुरा ध्यानपूर्वक सुनिरहेकी छु । म उसका कुरालाई विश्वास गर्दै छु मनमनै ।
पानी पर्नलाई वादल मडारिदै छ आकाशमा । वरिपरि हरियाली छ । शान्ति क्याफेमा प्रोफेसर राहुलजंग कार्की रातो टिर्सट र निलो जिन्स पाइन्टमा सधैँको औपचारिक पोशाकमा फन्दा फरक देखिएको छ । फरक त उ पोशाकमा भन्दा व्यहारमा बढी देखिएको छ आज । ऊ मलाई नै हेरिरहेको छ एकोहोरो भएर ।
प्रोफेसर यसरी तिमी र म एकान्तमा भेट्नु गलत हो । म असहज महशुस गर्दै उसले च्याप्प कसेका हातहरु छुटाउन खोज्छु ।
ऊ अझ दरिलोसँग हातहरुलाई कस्छ ।
ट्यार‘ट्यार्र‘ट्यार‘ट्यार्र
अचानक घडीले सधैँ झैँ घण्टी बजायो अनि म ब्युँझिएँ ।
“उफ कस्तो सपना ।” सुन्ने मान्छे कोही छैन तर पनि मुखबाट आवाज निस्कियो ।
बिहानको ५ बजेको बोधको सञ्चार भयो आफैभित्र । दैनिकीको सुरुवात भयो । भर्खरै देखेको सपनाको झल्को आयो । फेरि पनि प्रोफेसरलाई सपनामा देखेकोेमा दिक्क लाग्यो ।
“बारम्बार किन प्रोफेसर राहुलजंग कार्कीलाई सपनामा देख्छु म ”आफैसँग प्रश्न गरेँ ।
“निरुत्तरित हुन्छु ।”
ओछ्यानमा मोबाइल छ । राति ११ बजे आफ्नै औंलाले अफ गरेको वाइफाइलाई अन गरेँ ।
“रियल्ली मिसिङ्ग यु माइ डियर, आइ लभ यु”
राति म सुतिसकेपछि श्रीमान्ले मस्कोबाट फेसबुक म्यासेन्जरमा छोडेको म्यासेज झुल्कियो ।
केही समय अगाडिको सपनालाई मेरो स्नायु प्रणालीले फेरि रिलझैँ घुमाइदियो ।
“ओ हो , मैले घरीघरी सपनामा प्रोफेसर राहुलजंग कार्कीलाई किन देखिरहेकी छु – माया गर्ने श्रीमान्ले यो सपना बारे थाहा पाए के भन्लान् – हे भगवान् ‘धन्न यो सपना बारे म स्वयंलाई मात्र थाहा हुन्छ नत्र त मेरो घरपरिवार र साथीसङ्गीले मलाई के सोच्ने थिए होला ।”
हतार हतार गरी स्कुटीमा हुँइकिदा सम्झिएँ विविएलाई नयाँ शिर्षक बारे पढाउनु छ । पूर्व तयारीको फुर्सद कहिले नपाएकोमा आफैसँग गुनासो गर्दै क्याम्पसभित्र छिरेँ ।
“गुडमर्निङ्ग म्याम‘हाउ आर यु टुडे – प्रोफेसर राहुलजंग कार्की ङच्िच दाँत देखाउदै औपचारिक सम्वोधन गर्छन् । ” निलो चेक र्सटमा कालो टाइ र कालो पेन्ट । कालो सानो साइड ब्याग भिरेको । जुत्ता काला छालाका टलक्कै टल्किएका । आँखामा चस्मा । सधैँ झँै उनको औपचारिक भेस आज पनि आकर्ष लाग्यो मलाई ।
“गुडमर्निङ्ग प्रोफेसर, आइ एम फाइन”
प्रत्युत्तरमा ङिच्च दाँत देखाएरै मैले भनेँ ।
ओहो मेरो सपना बारे यिनलाई थाहा भए – उफ‘सपना बारे त मात्र मलाई थाहा छ । वाश्तविकता मैले नसुनाएसम्म कसरी अरुलाई थाहा हुन्छ – सोचेँ,फेरि मन ढुक्क भयो ।
म विविएको ‘ए’ सेक्सनमा छिर्दै गर्दा प्रोफेसर राहुलजंग कार्की विविएको ‘बि’ सेक्सनमा छिर्दै थिए ।
कलेजबाट घर फर्किदा एकदमै ठूलो पानी पर्दै थियो । बाटा भरी सम्भिmएँ अबदेखि सधैं सपनीमा आफ्नै श्रीमानलाई देख्न पाए कस्तो हुन्थ्यो होला –
घर पुगी कफी पिउदै छु ।
“हाउ आर यु डियर (” श्रीमान्को म्यासेज थियो भाइवरमा ।
“म ठीक छु तिमी (” मैले म्यासेज गरेँ ।
“मैले हिजो राति सपनीमा तिमीलाई देखेको थिएँ आजकल म तिमीलाई एकदमै बढी देख्छु सपनीमा ” । उसले म्यासेज गरे ।
“मैले हिजो राति सपनीमा प्रोफेसर राहुलजंग कार्कीलाई देखेकी थिएँ म हिजोआज उसैलाई मात्र देख्छु सपनामा, मलाई यो के भएको (” टाइप गरेँ अनि डिलिट पनि तुरुन्तै, पठाउन सकिन ।
असारको महिना, म प्रोफेसर राहुलजंग कार्कीको बाइक पछाडि छु । अचानक बेजोडले पानी दर्किएको छ । प्रोफेसरले रेनकोट विर्सिएको जानकारी गरायो । मेरो सेतो कर्ुता र उसको सेतो र्सट पानीले भिजेर निथु्रक्कै मात्र भएको थिएन । उसको सेतो र्सटबाट भित्रको सेन्डो देखिन्थ्यो । मेरो सेतो कर्ुता लपक्कै जिउमा टाँसिएको थियो । म भिजेको सलले घाँटी र छातीमा छोप्ने प्रयास गर्छर्ुु मेरो छाति उसको ढाडमा टाँसिएको छ । म नचाहेर पनि उसको ढाडमा लपक्क टाँसिएकी छु, अगाडि बाट चिसो हावाले हानिरहेको छ म काप्दै छु । पानीको कुर्टाई चर्किदै छ झन झन बढी ।
“मेरो कारणले दुःख भयो तपाईँलाई (”
उसको काननेर मुख लगेर भनेँ ।
हेलमेटले गर्दा अलि सारो बोल्दा मात्र सुन्यो उसले ।
“तपाईलाई घरसम्म पर्ुयाउने जिम्मेवारी जो पाएको छु, त्यो त पुरा गर्नु पर्यो नि । अँ साँची तपाईको हात कहिले ठिक होला – हिजो आज जसलाई पनि नसाको समस्या देख्छु ।”
“डाक्टरले २ महिना लाग्छ निको हुन भनेको छ । दुइमहिना स्कुटी पनि नकुदाउनु भनेको छ । ”
“चिन्ता नगर्नु तपाईँको हात ठीक नहुन्जेल म छदैछु । ”
उसले बोलेको कुरा सुन्न म अझ नजिकिएँ ।
मेरो घरमा पुग्दा हामी दर्ुइ निथु्रक्कै भिज्यौँ ।
“तपाईलाई चिसो लाग्ला कपडाबाट पानी चुहिरहेको छ, चाँडो कपडा फर्ेर्नुहोला, आफ्नो ख्याल राख्नु होला ।” उसले बाइक फर्काउदै भन्यो ।
“प्रोफेसर कफी पिएर जानुहोस् – ” ऊ बस्दैन भन्ने थाह पाउदा पाउदै मैले औपचारिकता निभाएँ ।
हैन फेरि कुनै दिन पिउला । उसले बाइक स्र्टार्ट गर्नै लाग्यो ।
ट्यार‘ट्यार्र‘ट्यार‘
घडीको घण्टीले फेरि ब्युँझायो सदा झैँ ।
“उफ‘कस्तो सपना (मलाई प्रोफेसरले यसरी किन सताउछ सपनामा – ”
“आखिर मान्छेले के कारणले देख्छ सपनामा घरीघरी एउटै मान्छेलाई – ”
“के म प्रोफेसरलाई मन पराउछु – माया गर्छर्ुु श्रीमान् हुदा हुदै परपुरुषलाई सपनामा देख्ने अधिकार कसले दियो मलाई – के म मातिएकी छाडा आइमाई हुँ – ” आदि प्रश्नहरु खेलिरहे ।
“के सम्वन्ध छ सपना र विपनाको उफ‘मलाई मेरो श्रीमानभन्दा प्यारो कोही लाग्दैन तर‘ – ”
अनेक जिज्ञाशा मनमा आए ।
“म आफ्नै श्रीमान्सँग कुरा गर्दा गर्दै, उसको कल्पनामा हराउँदा हराउदै निदाउछु तर बिहान उठ्ने बेला जहिले प्रोफेसरलाई सपनामा देख्छु , मलाई यस विषयले अत्यन्तै तनाब दिएको छ , म चाहान्न कि म परपुरुषलाई सपनामा देखौँ । लौन म के गरुँ (”
एकदमै नजिककी साथी प्रोफेसर नरीलाई सुनाएँ, जो मनोविज्ञान विषय पढाउथिन् ड्र्रिीको कक्षालाई ।
चस्मा माथिबाट आँखाहरु म तिर अड्याएर उनले मेरो कुरा ध्यान दिएर सुनिन् ।
“यदि तिमीलाई सपनाले मानसिक तनाव दिएको छ र तिमी सपना बारे जान्न चाहन्छेउ भने सपना सम्वन्धी पि।एच।डी गर्नु भएको एक जना प्रोफेसरकोमा जाउ । त्यहाँबाट तिमीले धेरै कुरा बुझ्न सक्छेउ” ।
।।म छक्क परेँ ।
“नाम नम्बर नोट गर अनि भन मैले दिएको नम्बर भनेर । ”
“डा। साप सपना के हो –
कसरी, के कारणले देखिन्छ –
सपनामा देखिएको कुराहरु बिपनामा कति परिणत हुन्छन् –
सपना र बिपनाको कुनै तारतम्य, नाता छ कि छैन (”
प्रा। डा। शक्ति भट्टरार्ईलाई नविर्राई एकै पटक चार प्रश्न सोधेँ मैले, उनकै घरको वगैचामा बिहानी चियाको चुस्कीसँगै ।
“सपना मानिस निदाएको बेला देखिन्छ । मानिस निदाएको बेला उसको मस्तिष्कले सोचे कल्पना गरेको कुरा नै सपना हो । त्यसो हुँदा सपना मानव मस्तिष्कबाट उत्पन्न हुने मस्तिष्कको उपज हो । सपनाले मानिसको जीवनमा भरे घट्ने राम्रा या नराम्रा घटनाहरूको जानकारी, सूचना या खबर लिएर आएको हुँदैन र अदृश्य शक्तिले सूचक बनाएर पठाएको पनि हुँदैन ।” ध्यानपूर्वक सुनेँ ।
अपवादबाहेक सपनाले भविष्यमा आउने बिपनासँग कुनै साइनो, सम्बन्ध राख्तैन । सपना यथार्थ होइन र साकार पनि हुँदैन । ”
” डा। साप मान्छेले सपना के कारण कसरी देख्छ (यसको प्रक्रिया कस्तो हुन्छ (”
” सपना मानिस निदाएको बेला उसका बाहिरी अङ्गहरू खासगरी आँखा, कान, नाक आदि निष्क्रिय भएको कारण बाहिर नियमित रूपमा घट्ने विभिन्न घटनाहरू हेरेर, सुनेर, छोएर, चाखेर, सुँघेर त्यसको अवस्था र वास्तविकता मस्तिष्कसँग सञ्चार गर्ने क्रम टुटेको हुन्छ ।
त्यसबेला पनि मुटु, फोक्सो, कलेजो, मृगौला आदिले नियमित काम गरिरहन्छन् । त्यो अवस्थामा मुख या नाकबाट सञ्चार भएको मन्द गतिको अक्सिजनको सहायतामा मस्तिष्क कामविहीन भएर छाडा र अनियन्त्रित अवस्थामा मनोमानी र स्वेच्छाचारी तरिकाले बहकिएर कल्पना गरेको कुरा नै सपना हो ।”
” डा। साप मान्छेले कस्तो अवस्थामा सपना देख्छ (”
मस्तिष्कको एकापट्टिको भाग चिन्तन र विश्लेषण गर्ने र अर्कोपट्टिको भाग नगर्ने हुन्छ । विश्लेषण गर्ने भाग निधाएको र नगर्ने भाग अर्धजागो भएको हुन्छ । त्यही बेला चिन्तन, विश्लेषण नगर्ने भागले गन्जागोल पाराले गरेको कल्पना नै सपना हो तर पनि उसले केही न केही सोचिरहन्छ चिन्तन गर्ने मस्तिष्कको भागले ।
सुनिरहेँ ।
” मस्तिष्क काम नभएको बेला सपना उत्पादन गर्छ डा। साप – ”
“विभिन्न घटित घटनाहरू हरपल सञ्चार हुने र तिनको चिन्तनमनन गरेर निर्णय गरी निर्देश गर्नुपर्ने हुनाले मस्तिष्क अति व्यस्त रहन्छ । हो यही प्रक्रिया टुटेर मस्तिष्क बेकाम भएको र अनियन्त्रित भएर बरालिएको बेला अर्धनिद्रित मस्तिष्कले गर्न हुने नहुने, भएका नभएका, जे पनि जस्तो पनि, सोच्ने कल्पना गर्ने गर्दछ, त्यही कुरा भरे ब्यूँभिmँदा सपना भएर आउँछ ।”
“हवस् त धेरै धेरै आभारी छु यति जान्ने अवसर पाएकोमा ” । दुइ हात जोडेँ र विदा भएँ ।
फर्किदा बाटामा प्रा। डा। शक्ति भट्टर्राईका तर्कहरु सम्भिmएर मन प्रफुलित भयो । सपना र वाश्तविकता बीच कुनै सम्बन्ध नभएको कुरामा मन ढुक्क भयो ।
“तिमीलाई प्रा। डा। शक्तिसँगको भेटले केही राहत मिल्यो – ” साँझ फेसबुक म्यासेन्जरमा प्रोफेसर नरीले सोधिन् ।
“अलि ढुक्क भए झैँ लाग्यो । ” मैले म्यासेज गरेँ ।
“तिमी ढुक्क भए हुन्छ, चिन्ता नगर । । ” उनले म्यासेज गरिन् ।
“सपना भन्दा मलाई मेरो वाश्तविकता प्यारो छ प्रोफेसर नरी । प्रोफेसर राहुलजंग कार्की भन्दा मेरो श्रीमान् जो मस्कोमा पि।एच।डि गर्दै छन् उनी प्यारा छन् । म सपनामा भुलेर वाश्तविकतालाई विर्सने मान्छे नै होइन । । ” मैले टाइप गरी पठाएँ ।
” शुभ रात्रि । । ” उनले म्यासेज गरिन् ।
” धन्यवाद तिमीलाई पनि शुभरात्रि । । ” मैले टाइप गरी पठाएँ ।
उत्तरतर्फहिमालहरु लहरै चाँदीझैँ सेता दन्तहरु देखाएर हाँसिरहेका छन् ।
“हेर त हिमालमा, यतिबेलै एकैपटक हिउँ पर्नु अनि घाम पनि लाग्नुको अर्थ हिमालहरु हामीलाई देखेर खुशी भएका छन् । हाम्रो मिलनलाई स्वीकारिरहेका छन्” प्रोफेसर राहुलजंग कार्कीले भन्यो ।
म मख्ख परेर हिमालतिर हेर्दै मुस्कुराएँ ।
“यति सुन्दर कुन ठाउँ हो – प्रोफेसर – ” मैले सोधेँ ।
“यो ठाउँमा तिमीलाई लिएर आउने मेरो सपना पुरा भयो, यो कुन ठाउँ हो तिमीले आफै पत्ता लगाउनु पर्छ । ” उसले मुस्कुराएर भन्यो ।
“म छक्क पर्दै नियाल्ने प्रयास गर्दै थिएँ । ”
“हिमाली भेगका जंगलमा पाइने फलहरुको भित्रको दानाहरुबाट बनाइएको हो यो माला ”
उसले आफ्नो व्यागबाट झिकेर हातमा झुण्ड्याएको माला मलाई देखाउदै भन्यो ।
“ओहो कति आकर्ष – के यी दानाहरुमा पछि रंग लगाएको हो – ”
” यो प्राकृतिक हो, यसलाई विशेष गरी विदेश निर्यात गरिन्छ र यो मूल्यवान छ । दर्ुलल भएकाले पनि यो महंगो छ ।”
रेष्टुरेन्टबाट हिमाल नियालिरहेकी म त्यहाँको मनोरम दृश्य, प्राकृतिक सुन्दरताले भरिएको ठाँउ हेरेर आनन्दित भएँ ।
मलाई आफूतिर तान्यो उसले । मेरा गाला र शरीर ज्वरो आए झैँ ताता भए ।
“अरे त्र्रिा गाला एक्कासी राता भएनी – ”
उसले मलाई माला लगाइदियो ।
” कति सुहाएको तिमीलाई ”
ऊ मेरो फोटो खिच्न थाल्यो ।
“यति सुन्दर माला लगाइ दिएकोमा तिमीलाई धन्यवाद” मैले उसले फोटो खिचिरहँदा अफ्ट्यारो मान्दै भनेँ ।
उसले उभिएर फोटोमा पोज दिन आग्रह गर्यो । म उसले भने झैँ गर्दै थिएँ । अचानक उसले मलाई फेरि आफूतिर तान्यो । म झस्किएँ ।
पछाडिपट्टि दर्ुइ हिमाल देखिने गरी उसले मलाई अगाडि र आफू थोरै पछाडि देखिने गरी सेल्फी लियो ।
“यो मेरो मायाको चिनो अनि तिम्रो जन्मदिनको उपहार पनि हो है । तिमीलाई थुप्रै थुप्रै , एक भकारी शुभकामना हेहेहे‘” मालालाई देखाएर भन्यो उसले ।
“हेहेहे‘धन्यवाद, तिमी सारै रमाइलो मान्छे ” मैले मुस्कुराएर भनँे ।
” तिमीलाई कस्तो लाग्यो त ‘।यो ठाउँ (”
“अति सुन्दर । सायद र्स्वर्ग भनेको यस्तै हुदो हो । मैले सोचेको थिइन नेपालमा यति सुन्दर ठाउँ होला ”
“तिमी ले हेलिकप्टरमै किन ल्यायौ मलाई, यहाँ त्यो पनि मेरो आँखामा पट्टी बाँधेर – ”
“मेरो साथी पाइलट कौशलराजले पहिले वाचा गरेको थियो कि नेपालको कुनै एक रमणीय स्थानमा लानेछु एक दिन भनेर”
“‘ ”
“उसले पनि वाचा पूरा गर्ने अवसर पायो, आज नै उसको फ्लाइट परेको रहेछ हिजो साँझ मात्र मैले उसलाई फोन गरेको थिएँ, अनि आज तिम्रो जन्म दिन पनि ”
“अनि ऊ किन हामीसँग बसेन – ”
” विदेशी पर्यटकहरुसँग माथि गुम्बातिर घुम्न जान्छु भन्थ्यो, सायद आज उसले हामीलाई एकान्तमा छोडिदिएको होला (”
प्रोफेसर राहुलजंग कार्कीसँग मेरा आँखा जुधे ।
मौतना छायो ।
दर्ुइ मुटुको मौनतालाई मन नपराएर होला आकाशमा अचानक बादल मडारियो अनि कालो देखियो ।
“मौषम खराव भयो भने आज हामी फर्किन सक्दैनौ ” प्रोफेसरले जानकारी गरायो ।
अचानक बिजुली चम्कियो , आकाश गड्गडायो ,म तर्सिएँ ।
उसले मेरा हात च्याप्प समात्यो । मेरो शरीरभर एकप्रकारको फरक अनुभुत हुदैथियो । उसले मलाई अंगालोमै बेर्यो । मेरो कान नजिकबाट उसले भन्यो “के तिमी मलाई माया गर्र्छौ (”
अचानक भर्ुइ हल्लिएझैँ भयो ।
“सबै भागौँ, सबै भागौँ‘” अपरिचित आवाजसँगै रेष्टुरेण्टभित्रका सबै मानिस भाग्न थाले । रेष्टुरेण्ट बाहिर निस्किए पछि म झस्किएँ ।
“प्रोफेसर मेरो ब्याग त भित्रै छुटेछ ” खुल्ला ठाउँतिर भाग्दै गर्दा मैले भनेँ ।
सुन्नासाथ ऊ रेष्टुरेण्टतिर दौडियो ।
“नजानुहोस्‘पहिरो जाँदैछ‘नजानुहोस्‘ रेष्टुरेण्टका मालिक तामाङ्ग कान्छा दाइ प्रोफेसरको पछिपछि कुदे उसलाई फर्काउन ”
प्रोफेसर रेष्टुरेण्टभित्र छिरिसकेका थिए । बाहिरबाट कान्छा दाई कराए ।
“भित्र नपस्नुहोस् फर्किनोहोस्‘। ” सबै कराए ।
म आँखा चिम्लिएर भगवान्लाई पुकार्दै थिएँ ।
सबै चिच्याएको आवाजले आँखा खोल्दा पहाडले रेष्टुरेण्टलाई पुरेको थियो । मान्छे भाग्दै थिए । मलाई तान्दै थिए । पहाड खस्दा निस्किएको माटो र उडेको धुलोले म कसैलाई देखिरहेकी थिइन । केही समय अगाडिको सुन्दर रेष्टुरेण्ट आँखा अगाडि थिएन ।
म भनेँ स्तब्ध भएर हेरिरहे पुरिएको रेष्टुरेण्टलाई ।
तामाङ्ग कान्छाको सहयोगमा म रेष्टुरेण्ट पुरिएको स्थानमा गएँ । प्रोफेसर राहुलजंग कार्कीलाई खोज्न ।
“यता ‘यता तामाङ्ग कान्छाले बोलायो ”
रेष्टुरेण्टको भग्नावशेस भित्र पुरिएको प्रोफेसरलाई तामाङ्ग कान्छाले थोरै बाहिर निकाल्यो ।
प्रोफेसरको हातमा मेरो ब्याग थियो ।
म पुग्नासाथ प्रोफेसरले टाउको थोरै माथि उठायो । प्रोफेसर जिउदो भएकोमा मेरा गह भरिए । मन खुशी भयो । उसको टाउको रगतले पुरिएको थियो ।
हातमा मेरो ब्याग थमाइदियो ।
“प्रोफेसर आँखा ‘खोल‘”
मेरो आवाजसँगै उसले आँखा चिम्लियो ।
उसको छातिमा टाउको राखेँ । उसले श्वास फर्ेन छाडिसकेको थियो ।
तामाङ्ग कान्छालाई हेरेँ उसले टोपी खोल्यो आँशु झार्दै ।
म जीवनमा पहिलो पल्ट यति धेरै रोएँ । रोइरहेँ‘ । जम्मा भएका मान्छेहरु म रोएको देखेरै रोइरहेका थिए ।
ट्यार‘ट्यार्र‘ट्यार‘ट्यार्र
आवाजले झस्किएँ ।
“उफ‘कस्तो नराम्रो सपना ” आँखा भरी आँशु थिए । टाउको भारी भएको थियो । मन ढुकढुक ।
“मलाई यो सपनाले यति धेरै पीडा किन दिन्छ – यसको समाधान के होला – उफ‘म के गरौँ – आफैभित्रको प्रश्नहरुको दोहोरीले तड्पायो, मन पोलिरहृयो, हुरी चलिरहृयो ।
“आज भने म कलेजमा प्रोफेसर राहुलजंग कार्कीलाई भेटेर कुरा गर्ने छु । उसले मलाई यति धेरै किन सताउछ सपनामा । उफ फेरी उसको के दोष – अनि मेरो – मेरो के दोष – दोष त सपना कै हो – तर किन एउटै मान्छेलाई देख्छु सपनामा – केही न केही त सम्बन्ध हुनर्ुपर्छ यो सपना र वाश्तविकताको – ”
अनेक तर्कविर्तकको हुन्डरीसँगै स्कुटी अगाडि बढिरहेको छ क्याम्पस तिर ।
स्कुटीको स्पिड सधैभन्दा अलि बढी छ । छिट्टो पुग्नु पर्ने जस्तो, गन्तब्यमा पुग्न हतारिएको जस्तो ।
कलेजको गेटमा पुगी सुरक्षाकर्मीलाई सोधेँ “प्रोफेसर राहुलजंग कार्की आइसक्नु भयो (”
“म्याडम‘म्याडम‘ऊ बोल्न सक्दिन ”
“भित्र जानुहोस् ” उसको सधैँभन्दा फरक व्यवहार देखेर म छक्क पर्दै क्याम्पसको गेट भित्र छिर्छर्ुु
गेटभित्र पस्दा सबै विद्यार्थी र प्रोफेसरहरु अनि अन्य स्टाफहरु एक ठाउँमा जम्मा भएका छन् ।
सबैले शिर झुकाएका छन् ।
एउटा विद्यार्थीको नजिक गई सोधेँ “के भयो (”
“म्याम‘म्याम‘प्रोफेसर राहुलजंग कार्की अब रहनुभएन हुँहुँ‘”
आकाशतिर हेरेँ । वादल मडारिएर कालो भइरहेको छ । केही घण्टा अगाडिको सपना रिल झैँ घुम्न थाल्यो । मष्तिष्क शुन्य झैँ भयो । मुटु ढुकढुक गर्न थाल्यो ।
“के भयो – कसरी – ”
“बिहानी पख उठ्नासाथ उहाँलाई हृदयघात भयो रे त्यसैले” अर्को विद्यार्थी राकेशले भन्यो ।
करिब तीन महिना पछि कलेजको भित्री ढोका अगाडि ठूलो पारेर राखेको स्वर्गीय प्रोफेसर राहुलजँग कार्कीको हँसिलो मुहारको तस्वीरलाई नियालेँ ।
“प्रोफेसर तिमी गएको ३ महिना भैसक्यो तर तिमी गएदेखि अहिलेसम्म एकपटक पनि मेरो सपनामा आएनौ किन (”
ऊ निरुत्तर मुस्कुराइरहृयो ।
जीवनसंगिनी सपनाले आफ्नो वाश्तविक कथा मलाई सुनाइन् । मस्कोबाट फर्केको दर्ुइदिन मै उनले सुनाएको कथाले म छक्क परिरहेको छु ।
“सपना रात निक्कै छिप्पिएको छ । १ बज्नै लागेको छ । ” मैले भनेँ ।
उनी मेरो विपरित दिशाको सोफामा छिन् म उनको विपरित दिशाको सोफामा छु । उनका आँखामा निन्द्रा देखिदैन । चनाखो भएर कथा बारे मेरो प्रतिक्रियाको पर्खाइमा छिन् उनी ।
” तिमीलाई एउटा प्रश्न सोद्छु आत्माबाट उत्तर देउ – ” मैले भनेँ ।
चस्माभित्रबाट मलाई नियाली रहेकी उनी छक्क परिन् ।
” कस्तो प्रश्न – मैले कुनै कुरा लुकाएकी छु र तिमीलाई – ” उसले प्रत्र्रिश्न गरिन् ।
” के तिमी प्रोफेसर राहुलजंग कार्कीलाई माया गथ्र्यौ – ” मैले उसको मनकोर् इच्छा बुझ्ने प्रयास गरेँ ।
” हँम्‘उनी बिते पछि मलाई त्यो कलेज शून्य लाग्यो । जसरी तिमी मस्को गएको दिन यो घर शुन्य लागेको थियो । त्यहाँ म एक्लो भए झैँ लाग्यो । त्यहाँ रहुन्जेल मलाई उनको सम्झनाले तसाइरहृयो । त्यहीकारण त मैले त्यो क्याम्पसमा पढाउने काम छोडेँ र अर्को क्याम्पस खोजेँ । ”
“सपना तिमी तिम्रो श्रीमान् हुँदा हुँदै अरुलाई कसरी माया गर्न सक्छेउ – ” मेरा आँखामा आँखा जुधाइरहेकी सपनाका आँखामा हेरेर मैले सोधेँ ।
” तिम्रो माया अरु कसैसँग तुलनीय छैन तर म प्रोफेसर राहुलजँग कार्कीलाई पनि माया गर्छु यो मैले चाहादा र नचाहाँदा हुने कुरा होइन ।” नीलो गाउनमा निकै राम्री देखिएकी सपनाले कानका साना टपलाई खोल्दै भनिन् ।
मानौ राहुलजंगलाई माया गर्छु भन्दा मलाई पर्ने असर बारे उसलाई कुनै वास्ता छैन ।
“सपना प्रोफेसर राहुलजँग कार्की मरेकोमा म खुशी छु ।” मष्तिष्कमा उब्जिएको भाव सपनालाई भन्न सकिन ।
” के म तिम्रो कथालाई लेख्न सक्छु सपना – ” मैले सोधेँ ।
मुस्कुराउदै उसले भनिन् “अवश्य, अनि कथाको शिर्षक – ”
मैले भनेँ “सपना ।”
(स्रोत : विश्वन्युज डट कम )