गजल : दशै आयो फेरि

~सञ्जय भट्टराई~

कालो बादल फाटेर सुन्दर बिहानी छायो फेरि ।
हर्ष र उमंगको चाड प्यारो दशै आयो फेरि ।।

सनातन धर्म हाम्रो हाम्रो चाड हाम्रो पर्व मनाउन,
जति टाढा रहेपनी आफ्नै गाउँ फर्की आएँ फेरि ।
हर्ष र उमंगको …….

लहलह धान झुले सुनौला फुल फुले चारैतिर,
आएर हो कि दशै गाउँघरमा चहलपहल सुरु भयो फेरि ।
हर्ष र उमंगको …….

साथीभाइ भेट भइ लिङ्गो गाडी बाबियो बाटी,
लिङ्गे पिङ रोटे पिङ मच्चिन थाल्यो गाउँमा फेरि ।
हर्ष र उमंगको …….

आउ प्रीय फुलपाती जात्रा घुमाउँला तिमिलाइ,
उपहार भनी मायाले रातो चुरा किनिदिउँला फेरि ।
हर्ष र उमंगको …….

आशीर्वाद लिउँला ठुलाबढाको दिउँला आशिष सानालाइ,
ढाका टोपी रातो टीका जमरा लगाइ हिँडौला फेरि ।
हर्ष र उमंगको …….

बचपनका साथिभाइ भेट भइ मिठा कुरा गर्दै हाँस्दै,
मनाऔँला बढा दशै दुख पीडा सारा बिर्सी फेरि ।
हर्ष र उमंगको चाड प्यारो दशै आयो फेरि ।।

२०७३ असोज ६ गते बिहीबार,
हाल: लेखनाथ-१२, कास्की,
घर: केशवटार-९, तनहुँ ।
www.twitter.com/ImSan_jay

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.