लघुकथा : अन्लाईन प्रेम

~मदन मुस्कान~Madan Muskan Khatri

तीस मिनेट म्यासेन्जर मा बिनय गरेर आस्थाले नम्र स्वरमा
‘अब फोन राखौं है म सुत्छु…. ‘

बिनय आश्चर्य मान्दै सोध्छ- किन यति चाडै आस्था… ?

आस्था – आज मलाई सन्चो छैन के टाउको दुखेर खप्पी नसक्नु भको छ भोलि कुरा गरौला नि ल…..

बिनय निरास भावमा हुँदै – ‘ल ल आफ्नो ख्याल गर है औसधि खायौं त’ ? ।

आस्था – अ लिएर आएको छु म सुते है बाइ….?

यति भनेर आस्थाले आफ्नो फेसबुक आइडी लग आउड गर्छे। अनि मोबाइलको घडी हेर्छ दस बजेर पचास मिनेट गएको हुन्छ। त्यसपछि हत्तपत्त अर्को आइडी लग इन गर्छे लग इन गर्ने बित्तिकै म्यासेन्जरमा म्यासेजको नोटिफिकेशन आउँछ र झट्ट पट्ट म्यासेज हेर्न थाल्छे अबिसेसेले चार वटा र दुई चोट कल डाइल पनि गरिसकेको हुन्छ। त्यो देखेर आस्था झनै आतिन्छे र हतार हतार हाइ लेखेर म्यासेज छोड्छे अबिसेस अन्लाईनमा हुन्छ तर रिसाए जस्तो गर्छ ।

एकछिन पछि म्यासेज लेख्छ ओइ काली किन ढिला अनलाइन आएको ?

आस्था ढुक्क हुन्छे र भन्छे ” लौ हेर न आज मेरो साथी एक्सिडेन्ट् भएर उसलाई लिएर मेडिकल गएको थिए सो आउने बिक्तिकै तिमिलाई म्यासेज गरेको

अबिसेस पनि खुसी हुन्छ र म्यासेन्जरमा कल गरेर घन्टौं सम्म बात मार्छन ।

मदन मुस्कान खत्री
दाङ नेपाल

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.