~देवेन्द्र अर्याल ‘आँसु’~
आफ्नो बच्चा मरेकोले त्यसको पीरमा कुकुर्नी रातभरि त्यसकै वरपर घुम्दै घुकिरही । त्यसको घुकाइका कारण टोलभरिका धेरैको निद्रा बिगि्रएको थियो, सुत्न पाएका थिएनन् अनि मैले पनि ।
भोलिपल्ट बिहान नगरपालिकाका कर्मचारी फोहोर उठाउन आए । उनीहरूले त्यो मरेको छाउरोलाई पनि फोहोरको कन्टेनरमा हाले । तब कुकुर्नी जोडले घुक्न थाली । आˆनो बच्चाको मायामा कन्टेनरको पछाडि दौडिन थाली । त्यसले टाढासम्म पनि कन्टेनरको पिछा गर्न छाडिन ।
झ्याल बाहिरको त्यो दृश्यपश्चात् मेरा आँखा कोठाभित्रको टेलिभिजनमा पुग्दछ । त्यति नै बेला टेलिभिजनमा समाचार प्रसारण भइरहेको थियो ‘दुई अबोध बच्चाकी आमा बच्चा र पतिलाई विष पिलाएर प्रेमिकासँग बेपत्ता ।’ तब म छानाबाट खसेझैँ भएँ । पशु भनिने त्यस कुकुर्नीको सन्तान प्रेम र मानव मानिने त्यस आइमाईको सन्तान प्रेमले मलाई सोच्न बाध्य बनायो । पशु र मानवबीचको प्रेममा हुने ताìिवक अन्तर मैले तब थाहा पाएँ जब दुवै आˆनै आँखाले प्रत्यक्ष देखेँ ।
-गोलढुङ्गा-३, काठमाडौँ
(स्रोत : मधुपर्क २०६५ माघ)