~‘झरी’ दान राई~
तिमीविना घाइते मुटु शेरी देउ न अलिकति
तिम्ले दिने दुखाइ मीठो फेरि देउ न अलिकति
मृत्यु देऊ स्वीकार्य छ खुशी हुन्छु मरे पनि
नजरको वाण हानी हेरी देउन अलिकति
सुखी हुन्छु अरुभन्दा बिन्ती मेरो सुनी देउ
अझै मलाई दुःख दिई घेरी देउन अलिकति
सम्हालेर राख्ने छु म मरेर नि मेरै साथ
बिदाइको अन्तिम चिट्ठी केरी देउन अलिकति
‘झरी’ दान राई
हाल : मलेसिया
(स्रोत : विश्वन्युज डट कम )