~अतित मुखिया~
हिमाल झैं गोरी म पहाडकी छोरी
फुलीदिनछ गुराँश पनि मेरै रंग चोरी
मैले औंलाचाल्दा झुल्छन धानकाबाला
मैले हाँस्दा फुल्छन खोरियामा तोरी
मसंगै खुल्छन जुन फूल सिउरे नि
नागबेली चुल्ठो यी पि्रतिगाँस्ने डोरी
सााझ बिहानी चौतारीमा बिसाउदा
ओर्लि जुन मसंगै बस्छ कुम जोरी
सुसाउछन खोला मेरै लयो टिप्दै
अनि गाउछन् मसंगै भाका दोहोरी ।
(स्रोत : स्पन्दनagaicha)