~सुरेन्द्र देवकोटा ~
मनमा गहिरो, चोट छ के गरुँ
नफूल्ने नफल्ने, बोट छ के गरुँ ।
रहर त छ नि, छलाङ मारौं भन्ने
कुर्सीमा पुरानै, कोट छ के गरुँ ।
इच्छाले मात्रै, के हुने रहेछ र
आफ्नो भाग्यमै, खोट छ के गरुँ ।
श्रमको मूल्य, शब्दको सामथ्र्य खै
शासन गर्ने उही, नोट छ के गरुँ ।
चुनाव त आयो, अनुहार पुरानै
एउटा अमूल्य, भोट छ के गरुँ ?
सुरेन्द्र देवकोटा
गोरखा
(स्रोत : विश्वन्युज डट कम )