गजल : हिँडिरहेछु

~जीवन अर्याल~

यात्री हुँ यात्रामा सवार हिँडिरहेछु
चल्नु नै जिन्दगीको सार हिँडिरहेछु

छिचोलिए हजार यात्रा बस्तीहरुमा
कुल्चेर नदीका किनार हिँडिरहेछु

शोभा त मेरा यी हुन् कर्तव्यहरुबीच
हेर्दै पैताला र निधार हिँडिरहेछु

तारा झार्ने कुरो गर्दै नगर्नू प्रियसी
जिन्दगी दिन्छ्यौ उपहार हिँडिरहेछु

जीवन अर्याल, स्याङ्जा
हालः भियना, अष्ट्रिया

(स्रोत : विश्वन्युज डट कम )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.